स्मार्टफोन ह्याक भएको यस्ता संकेतबाट थाहा पाइन्छ !



न्युज अफ नेपाल, काठमाडौं ।

प्रविधिको यस जमानामा सबै जना स्मार्टफोनको प्रयोग गर्छन् । यो उपकरणमा मानिसको महत्वपूर्ण कागजातहरु, तस्वीरहरु र बैंक अकाउन्ट नम्बर जस्तो महत्वपूर्ण जानकारी रहेको हुन्छ । तर कहिलेकाही स्मार्टफोन ह्याक हुन्छ , जसमा प्रयोगकर्ताको निजी जानकारी लिक गर्न मिल्छ । प्रायजसो मानिसहरुलाई यसको बारेमा थाहा हुन्छ । यस्तो संकेतले मोबाइल ह्याक भएको छ वा छैन भन्ने थाहा हुन्छ ।

फोनको ब्याट्री छिटै सकिन्छ

यदी स्मार्टफोनको ब्याट्री धरै दिन देखि छिटै सकिन थालेको छ भने मोबाइलमा भाइरस वा जासुसी गर्ने स्पाई एप इन्स्टल भएको हुन सक्छ। यो एप्स मोबाइलमा भएको रिसोर्सेजको मध्यमबाट महत्वपूर्ण सूचना आफ्नो सर्भर सम्म लैजान्छ जसको कारण ब्याट्रीमा असर पर्न जान्छ ।

अज्ञात एसएमएस

प्राय फोन ह्याक भएपछि प्रयोगकर्तालाई नचिनेको नयाँ नम्बरबाट मेसेज आउने गर्छ वा प्रयोगकर्ताको फोनबाट सथिहरु , परिवारको सदस्यलाई आफै मेसेज जान्छ । यस्तो परिस्थितिमा मोबाइल ह्याक भएको थाहा हुन्छ । यसबाट बच्नको लागि बिर्सेर पनि त्यसमा दिइएको लिंकलाई खोलेर हेर्न हुन्न र उक्त मेसेजलाई तुरुन्त डिलिट गर्नुपर्छ । यसले फोन ह्याक हुन पाउदैन ।

स्मार्टफोन धेरै तातो हुनु

कहिलेकहिँ फोन धेरै चलाउदा मोबाइल तातो हुने गर्छ । अमेरिकामा विशेषज्ञहरुले फोनको ब्याकग्राउण्डमा भाइरस युक्त एप्स चलाउदा फोन ज्यादै तातो हुने बताउछन् । यस्तो एप्स लगातार काम गरिरहन्छ र प्रयोगकर्ताको डाटा आफ्नो सर्भरमा ट्रान्सफर गर्छ ।

स्मार्टफोनको स्पीड

भाइरस वा मेलिसियस एपको कारण स्मार्टफोनको स्पीड कम हुँदै जान्छ । यस्तो एप्सले प्रयोगकर्ताको उपकारणको क्षमता र सूचना प्रभावित गर्दछ । उपकरणलाई ह्याक हुनबाट जोगाउन समय(समयमा अपरेटिङ्ग सिस्टम अपडेट गर्नु पर्छ । यस्तो गर्दा ह्याकर्स फोनलाई ह्याक गर्न पाउदैनन् ।

प्रतिक्रिया दिनुहोस्