हृदयघात जटिल स्वास्थ्य समस्या



विश्वव्यापीरूपमा भइरहेको औद्योगीकरण र मानवजीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानवमृत्युको पहिलो कारण बन्न पुगिरहेको छ । पुरुष–महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ । मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ ।
विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ । मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ ।
कोरोनरी मुटुको रोग भनेको मटुका मांसपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले लाग्ने रोग हो । हृयदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो । यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसमा देखिन्छ ।
– विनय शेरचन, गोरखा ।

 

प्रतिक्रिया दिनुहोस्