पहिरोमा हेलिकप्टरको चर्चा



  • सरेश नेपाल

सिन्धुपाल्चोक जसलाई आजकल बाढी पहिरोको घनिष्ट सम्बन्ध भएको जिल्ला भनेर चिनिन्छ । यहि बर्ष भित्र नै शव भेटिएका र नभेटिएकाहरुको संख्या ८१ पुगेको छ । बाढी पहिरोले मान्छेको ज्यान मात्रै गएको छैन, सरकारले उपलब्ध गराएको भुकम्प पीडितले पाउने आवास अनुदान र पीडितले ऋण काडेर बनाएका घरहरु पहिरोले पुरेको छ ।

गोठ, चौपाय, अन्नपात भाँडाकुडा सबै पहिरोमै पर्यो । संयोगले कोहि बाँचे पनि परिवार नै पहिरो भित्रै हराए । बिनासको दर्दनाक पीडा बोकेर सिन्धुका धेरै बस्तिहरु त्रासमै उठ्छन र त्रासमै आधा निदाउछन । यो जीवन चक्र निरन्तर बर्षासंगै आउछ र लामो सुस्केरा सहित अब त बाँचिन्छ कि भनेर उग्रेको आकासको निलो बिम्बमा कहिले जीवन फर्किन्छ र कहिले अन्त्य हुन्छ ।

आखिर निरन्तर किन यस्तो हुन्छ रु किन सुरक्षित बन्न सक्दैन जीवन रु के हामी ढुक्कसंग बाँच्ने हक राख्दैनौ रु यस्तै प्रश्नै प्रश्न छन सिन्धुबासीसंग । जवाफ हैन फेरी पनि झरी बर्षा दोहोरिन्छ । अनि मृत्युको निम्तो बोकेर आकास गर्जिन थाल्छ । जाने कहाँ, गर्ने के यहि अन्यौल फर्किरहन्छ । जुगल, भोटेकोशी, बलेफी, पाँचपोखरी, बाह्रबिसे, हेलम्बुका पाखा भित्ताका बस्तिहरुको यथार्थता हो त्रासदीयुर्ण सामाजिक जीवन ।

यो बर्ष बाढी पहिरोसंगै हेलिकप्टरको पनि ठुलै चर्चा भयो । पहिरो आसपास पाखा पर्बत भरि फैलिने, मुटु नै पड्केला जस्तो गरि दुख्ने रुवाबासी र कोलाहलमा समुदाय छन । झन त्यसमा थपिने बेग्लै किसिमको आवाज र हुरि लिएर झर्ने हेलिकप्टरहरुको चर्चा नहुँदा पहिरोको समाचार अधुरो हुने परिस्थिति बन्यो । हेलिकप्टरको प्रयोग केहि बाध्यात्मक र केहि तुजुकको प्रदर्शन हो भन्ने कुरामा धेरैको सहमति छ ।

बाढी पहिरोले सडक अबरुद्व हुनु, हिड्ने गोरोटो समेतमा पहिरो जाने हुँदा तत्काल उद्वार गर्नु पर्ने र बिरामीलाई बचाउन हेलिकप्टर सबै भन्दा छिटो र भरपर्दो साधन हो । पुरिएका, जीबीत वा मरेकाहरुको तत्काल झिक्न, सुरक्षा निकाय पठाउन, उद्वार टोलीलाई चाहिने सामान पुर्याउन, उपचारमा चाहिने प्राबिधिक टोली पठाउन यो माध्यम उपयुक्त साबित भएको छ ।

सरकारको उपस्थिति यस्तो गंभिर परस्थितिमा धट्ना स्थलमा हुनु पर्छ । यो अन्तराष्ट्रिय प्रचलन पनि हो । मेडिया र बिज्ञहरु पुग्नु पनि राम्रो हुन्छ । तर हामी कहाँ जानै पर्ने ब्याक्तिहरु भन्दा नगए पनि केहि फरक नपर्नेहरुको हेलिकप्टर सहितको ताँतीले जनतामा राम्रो शन्देश गएको छैन । पार्टीका नेताहरु प्रतिष्ठाको बिषय बनाएर जसरी ब्याक्ति नै पिछे हेलिकप्टर लिएर पहिरो पिडितहरु कहाँ पुग्ने कुराले सहानुभुति र समबेदना त बढ्ला तर त्यसबाट हाम्रो जस्तो आर्थिक सामाजिक परिबेस भएको समाजमा सकरात्मक भन्दा नकरात्मक शन्देश जान्छ भन्ने ख्याल पुर्याउनु पर्छ ।

त्यसै त सिन्धुपाल्चोक जिल्लामा पंचायत अलि ढिला गयो । त्यसका राजनीतिक अबशेषहरु साँस्कृतिक छायाँमा जीवत छ । दरबारिया चरित्र पञ्चबाट कंग्रेशमा सर्यो । अब त्यो नेकपामा थोरै रुपान्तरण सहित सर्दैछ भन्ने आरोप छ । त्यसलाई हेलिकप्टरहरुको दौडाहाले मलजल गरिरहेकोछ ।

कुनै पनि बिशेष परिस्थितिमा राजनीतिक नेता कार्यकर्ताहरु पुग्नु राम्रो हो । तर त्यहाँ पुग्ने माध्यम जाहेज हुनुपर्छ । मनसाय मात्र राम्रो भएर हुँदैन । समाजले पनि ग्रहण गर्न मिल्ने हुनुपर्छ । एउटा दृष्टान्त सान्दर्भिक लागेर यहाँ उल्लेख गर्न चाहान्छु-गत २०५८ साल ताकाको कुरा हो ।

सिन्धुपाल्चोक जिल्ला परिषदको उद्घाटन नेपाली काँग्रेसका सर्बोच्च नेता गणेशमानबाट गर्ने निर्णय भयो । एमालेको बाहुल्य भएको परिषदमा काँग्रसका नेतालाई प्रमुख अतिथि बोलाउने काम आफैमा अनौठो त छदै थियो त्यसमाथी गणेशमान रमाएरै आउनुहुन्छ भन्ने लागेको थियो । निमन्त्रणा पाएपछि उहाँले”उक्त दिन बिहान अरु नै काम भएकोले भ्याउन गाह्रो छ” भन्ने जवाफ दिनु भयो ।

सिन्धुबासीले खर्च उठाएरै भएपनि हेलिकप्टरमा लान सक्छन त्यस माथी काँङ्ग्रेसकै सरकार छ, कतिपय मंन्त्रीहरुले दुरुपयोग त गर्छन, तपाई आन्दोलनको सर्बोच्च कमाण्डरलाई राज्यले दिन्छनि भन्दै जान ढिपि गरें । उहाँले मलाई गंभिरताकासाथ सम्झाउनु भयो-“हेर्नोस सभापतिजी, म सिन्धुपाल्चोक बुझ्छु, त्याहा स्कुल नभएर पढ्न नपाउने धेरै बालबालिका छन, उपचार नपाएर अकालमा मर्नेहरु पनि धेरै छन, त्यस्तो ठाँउमा परिषद उद्घाटन गर्न हेलिकप्टर प्रयोग गर्नु उचित हुँदैन ।त्यो पैसाले स्कुल खोल्नोस, स्वास्थ चौकी चलाउनोस, तपाईहरु जस्तो जनप्रतिनिधिले जनताको सेवामा लाग्नु पर्छ । हामीले जीवनभर प्रजातन्त्रको निम्ति लड्यौ, तपाईहरुले जनताको झुप्रोमा त्यसको उपलब्धी पुर्याउनु पर्छ” । उहाँले थप्नु भो “म अरु जस्तो कांङ्ग्रेस हैन” ।

आफुले चाहेको प्रमुख अतिथि नपाउदा मन त भारी नै भयो । तर गणेशमानको आदर्श र उच्च राजनीतिक संस्कारबाट म प्रभाबित भए । उहाँमा बाँचेको, जीउदो जाग्दो उर्जाले काँङ्ग्रेशको पहिलो पुस्ता प्रति मेरो आदरभाव रहिरह्यो । त्यो हेलिकप्टरसंगै जोडिएको थियो । यसको उपयोगमा निरपेक्ष बिरोध वा आवस्यक्ता कतिखेर, कुन अवस्थामा भन्ने कुरामा हामी सचेत हुनै पर्छ ।

(लेखक बागमती प्रदेश सभाका अर्थ तथा बिकास समितिका सभापती एवम नेकपाका नेता हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्