ठ्याक्कै माइकल ज्याक्सन जस्ती किशोरी !



लन्डन,(एजेन्सी)

वेलायतको म्यान्चेस्टर स्थित एउटा कलेजमा अध्ययनरत एक किशोरीले ट्विटरमा पोस्ट गरेको सेल्फी निकै भाइरल भएको छ । त्यसको प्रमुख कारण उनको अनुहार चर्चित गायक माइकल ज्याक्सनकोसंग हुबहु मिल्नु हो ।

लोरन एलिसावेथले हजारौं फलोयरले उनलाई माइकल ज्याक्सन जस्तै देखिनिछनु भन्दै प्रतिक्रिया लेखेको बताएकी छन् । उनको त्यस तस्वीरले एक लाख नौ हजार भन्दा बढि लाइक पाउन सफल भएको छ ।

उनको तस्वीर मुनि थुप्रैले स्वर्गिय पप स्टार माइकल ज्याक्सनको गीतका बोलहरु लेखेका छन् । त्यस तस्वीरले ६ हजार वटा भन्दा बडि प्रतिक्रिया प्राप्त गरेको छ । सत्र बषी लोरनले सबैभन्दा पहिला आफैंलाई आफ्नो अनहार माइकलसंग धेरै मिलेको जस्ते लागेको बताएकीछन् । साथै उनले मानिसहरुको टिप्पणीलाई सकारात्मक रुपमा लिएको र यस संयोगबाट आफुलाई खुशी नै लागेको पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्