फेसबुक लाइभमा अश्लील गालीगलौजसहित उदण्ड मच्चाउँदै सोनिका



न्युज अफ नेपाल, काठमाडौँ ।

कहिले बोलीले त कहिले प्रेम सम्बन्धको कुराले विवादमा आइरहने मोडल तथा यूट्यूवर सोनिका रोकायाको फेसबुक लाइभ भिडियो भाइरल भएका छ ।

फेसबुकमा लाइभ आउँदै उनले अश्लील गालीगलौ गरेकी छन् । आफू सुध्रिन चाहदा चाहदै पनि मानिसहरुले नराम्रो व्यवहारमा उत्रीन बाध्य पारेको सोनिकाले बताएकी छन् । भिडियोमा उनले अंग्रेजी तथा नेपाली दुवै भाषमा अपशब्द बाल्दै आक्रोस व्यक्त गरेकी छन् । उनले सो भिडियोमा एक व्यक्ति धम्कीसमेत दिएकी छन् ।

यस अघि सोनिकाको पूर्वयुवराज पारससँग अफेयर रहेको चर्चा चलेको थियो । त्यस समयमा उनले पूर्वयुवराजको संगतले आफू सुध्रिएको समेत जनाएकी थिइन् । तर, अहिले उनीहरु दुईबीचको सम्बन्ध समाप्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्