१०३ बर्षीय महिलाले खोपिन् जन्मदिनमा जीवनकै पहिलो ‘ट्याटु’



मिचिगन,(एजेन्सी)

अमेरिकाको मिचिगन निवासी एक महिलाले आफ्नो १ सय ३ औं जन्मदिनको उपलक्षमा लकडाउन तोडेर आफु बसेको नर्सिंग होमबाट निस्केकी छन् । तर उनी यसरी बाहिरिनुको कारण भने जीवनमै केहि नयाँ चिज गर्छुं भनेर हो । नभन्दै उनले बुढ्यौलीको कारण चाउरिएको हातमा जीवनकै पहिलो ट्याटु खोपाइन् ।

कोभिड १९ को कारण लगाइएको लकडाउनले गर्दा डोरोथी पोल्लोक १६ जुनमा मस्गोन नर्सिंग होममा वन्दिकै हालतमा थुनिएकी थिइन् । तर त्यो दिन उनको जन्मदिन परेकाले उनको परिवारले उनलाई बाहिरी संसारमा फकाएनुपर्ने महशुस ग-यो । उनकी नातिनी टेरेसा जाभित्ज–जोनेस भनिछन् ‘ सो होमका एक नर्सका अनुसार पोल्लोक नराम्री एक्लो र दुखी महशुस गरिरहेकी थिइन् ।

हामीले उनलाई खुल्ला संसारमा लानु जरुरी थियो । उनको वास्तविक अवस्था बुझ्न हामी उनलाई भेट्न पनि सकिरहेका थिएनौं । कान राम्ररी नसुन्ने भएकाले फोन गर्नुको अर्थ पनि थिएन । फलत मेरी बज्यैले आफ्नो पाखुरामा सानो भ्यागुतोको टाटु बनाउन दिएर खुशीका साथ जन्मदिन मनाइन् । ’मस्गोन स्थित ए.डब्ल्यु.ओ.एल.कस्टम टाटुइंग रे रिजनर जुनियरले पोल्लोक आफ्नो जीनवनमै सबैभन्दा पाको उमेरकी ट्याटु खोपाउने ग्राहक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्