महाकाली तटीय क्षेत्रका महिलाहरु समुदाय सशक्तिकरणमा



राम धामी,डडेल्धुरा ।

सिमा नाका महाकाली नदी किनारका महिलाहरु तटीय समुदायका सवालमा पैरवी गर्न सशक्तीकरण समुहमार्फत सकृय भएका छन ।
महाकाली नदीको तटीय क्षेत्र अन्तर्गतका भित्रिमधेस क्षेत्र परशुराम नगरपालिकाका वार्ड नं. ५ र ६ मा पाँच ओटा महिला सशक्तिकरण केन्द्रमा संगठिन कूल एक सय ६० जना महिलाहरु समुदायको शशक्तिकरणका लागि संगठित प्रयत्न गरिरहेका छन् ।

महाकाली नदीको तटीय क्षेत्रका समुदायहरुका सवालहरुको उठान, उक्त सवालहरुमाथी स्थानीय तहलाई ध्यानाकर्षण र तटीय समुदायमा योजना कार्यान्वयनका लागी दवाव दिन महिलाहरु समुहमा आवद्ध भएर कृयासिल भएका हुन् । सीमाक्षेत्रका समुदायको पानीको श्रोतमाथीको हक संरक्षण, पानीको श्रोतको उचीत व्यवस्थापन, महिलाको व्यक्तित्व विकासका साथै पानी सम्बन्धीका बिभिन्न निर्णयहरुहरुमा प्रभाव पार्न र समुदायमा वाढी पूर्वसूचना, हिंसामूक्त समाज, अन्तरदेशीय आपसी सद्भाव कायम गर्न उक्त समूहहरु कृयासिल रहेको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले जनाएको छ ।

वेलावेलामा समुदायका समस्याहरुलाई उठान गरी समाधानका लागि महिलाहरुले सामुहिक प्रयास गरिरहेको बहादुरे महिला सशक्तिकरण केन्द्रकी उपसंयोजक खगेश्वरी हमालले बताईन । उनले महिलाहरुलाई खानेपानीको समस्या भएकाले परशुराम नगरपालिका वडा नम्बर ५ को कार्यालयबाट योजना मागगरि कार्यान्वयन भइरहेको बताईन् ।

रुडुक डडेल्धुराद्वारा अक्सफाम नेपालसँगको साझेदारीमा कार्यान्वयन भईरहेको दक्षीण एशियाली सिमा नदीको पानीको सामुदायीक सदुपयोग (ट्रोसा) परियोजनाबाट तटीय क्षेत्रका समुदायका सवालहरु उठान गर्ने र समाधानका लागि सामुहिक प्रयत्न भईरहेको परियोजनाका संयोजक अमर साँउदले बताए ।

ट्रोसा परियोजनाद्वारा सम्पन्न कृयाकलापहरुको अनुगमन गर्न गएका डडेल्धुराका सञ्चारकर्मीहरुसंगको छलफल कार्यक्रममा समुदाय स्तमा बिभिन्न अभियानमूलक कार्यक्रमहरुमार्फत आफ्नो समुदायका समस्याहरु उठानगर्दै समाधानका लािग महिलाहरु शशक्त रुपमा कृयासिल रहेको शिवशक्ति महिला सशक्तिकरण केन्द्रकी सदस्य माधवी सिंहले बताईन् । समुदायमा बिद्यमान महाकाली नदीको कटान र बिभिन्न क्षेत्रवाट महिलामाथि हुने घरेलु हिंसा बिरुद्ध शशक्तीकरण केन्द्रका महिलाहरुले पहल गरिरहेको परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिँहले बताए ।

सिमा क्षेत्रमा सशक्तिकरण अभियान सञ्चालन गर्न नेपाल तर्फका परिगाउ, कुणा, छेला, तातापानी, बण्ड, चन्दनी र भारत तर्फका चुका, खेत, सिम लगायत महाकाली तटीय क्षेत्रका बासिन्दाहरुका साथै सरोकारवालाहरु सकृय रहेको ट्रोसा परियोजनाका संयोजक साँउदले बताए ।

सिमा क्षेत्रमा रहेको दुबै देशका सुरक्षाकर्मीहरु, स्थानीय तहका जनप्रतिनिधीहरु र सरोकारवाला निकायसंगको समन्ववयमा ट्रोसा परियोजनाले तटीय क्षेत्रका बासिन्दाहरुका समस्या समाधानका लािग वकालत गरिरहेको रुडुक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खडकाले बताईन । हालसम्म महिलाहरुले सशक्तिकरण अभियान मार्फत तटीय क्षेत्रका समुदायमा केही आशालाग्दा परिवर्तत र झक्झक्याउने कार्यहरु गरिसकेको उनले बताईन् ।

तटीय क्षेत्रका समुदायको विकासका लागि पहल गर्ने र सिमा क्षेत्रमा उत्पन्न हुने विवाद समाधानका लागि महिला शशक्तीकरण केन्द्रमा आवद्ध महिलाहरुले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराले बताईन । उनले महाकाली तटीय क्षेत्रका महिलाहरुले आफु शशक्त बन्दै गएको र सिँगो समुदायको शशक्तीकरणका लागि योगदान पुगाईरहेको जानकारी दिइन् ।

तटीय क्षेत्रका बिभिन्न समस्याहरु सामाधानका लागि महिलाहरुले शशक्तिकरण केन्द्रमार्फत योजना माग गरेर समुदायस्तरमा बिभिन्न योजनाहरु कार्यान्वयनगर्दै जीवनस्तरमा सुधार ल्याउन प्रयत्नगरिरहेको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक डम्मरसिँह थ्वाल बताउछन । उनले शशक्तीकरण केन्द्र स्थापना भए यता महिलाहरुको अगुवाईमा एक दर्जन बढि योजनाहरु समुदायस्तरमा निर्माण सम्पन्न भईसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्