खोटाङका छ जना प्रहरीमा कोरोना संक्रमण



रामधन राई,खोटाङ ।

खोटाङका ६ जना प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट गत साउन २३ गते सरुवा भई खोटाङ आएका ११ जना प्रहरी जवानमध्ये छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सरुवा भएर खोटाङ आएका सबैजना प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले वताउनुभयोे । साउन २९ गते पिसिआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको डिएसपी चिमोरियाको भनाई छ ।

सङ्क्रमित हुनेमा २३ र २५ वर्षीय दुई÷दुई तथा २० र २१ वर्षीय एक÷एक जना पुरुष जवान रहेका छन् । सङ्क्रमित सबै जनालाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जनाउनुभयो ।

जिल्ला बाहिरबाट सरुवा भएर आएकालाई पिसिआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा छ प्रहरीसहित सङ्क्रमित हुनेको सङ्या १९ पुगेकोमा बाह्र जना उपचारपछि घर फर्किसकेका छन् भने एक जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्