नगरसभा सम्पन्न गर्न जनप्रतिनिधिहरुलाई कोरोना जोखिम भत्ता



सञ्जय कार्की,रौतहट ।

नगरसभा सम्पन्न गर्न चन्द्रपुर नगरपालिकाले सभाका सदस्य लाई कोरोना जोखिम भत्ता बितरण गरेको खुलेको छ । गत आर्थीक बर्षको असाढ १० गते नगरसभाको उदघाटन गरेको चन्द्रपुर नगरपालिकाले गएको साउन २३ गते नगरसभा सम्पन्न गरेपछि सदस्य लाई कोरोना जोखिम भता बितरण गरेको पाइएको छ ।

आर्थीक बर्ष सम्पन्न भई खाता संचालनमा नरहेको अबस्थामा चन्द्रपुर नगरपालिकाले ब्यक्ति संग रकम सापटी लिएर सभाका सदस्य लाई कोरोना जोखिम भता र यातायात खर्च बितरण गरेको हो । चन्द्रपुर नगरपालिकाका श्रेणी बिहीन कर्मचारी दामोदर काफ्ले माफर्त ब्यक्ति संग सापटी रकम लिएर ५३ जना जनप्रतिनिधिहरु र सदस्य सचिब ९ प्रमुख प्रशासकिय अधिकृत ० सहित ५४ जनालाई करकट्टि गरेर ६ हजार ३ सय २५ रुपैया जोखिम भता र बाटो खर्च भन्दै ६ सय ७५ गरी ७ हजार नगदको दरले बितरण गरेको छ ।

चन्द्रपुर नगरपालिकाको वडानम्बर ९ स्थित नजरपुरमा रहेको नीजानन्दधामको सभाहलमा चन्द्रपुर नगरपालिकाले सभाको उदघाटन र समापन गरी दुई दिन सभा गरेको थियो तर जनप्रतिनिधिहरु लाई सभा सम्पन्न गर्न सजिलोको लागि कोरोना जोखिम भता र बाटो खर्च भन्दै रकम बितरण गरेर हस्ताक्षर गर्न लगाई सभा सम्पन्न गरिएकोे एक जनप्रतिनिधिले बताए ।

यस्तै चन्द्रपुर नगरपालिकाले कर्मचारी लाई समेत नगरसभा सम्पन्न गरेको खुशियालीमा रकम बितरण गरेको स्रोतले बतायो । सो नगरसभा सम्पन्न गर्न भुमिका खेलेको भन्दै चन्द्रपुर नगरपालिकाले ३८ जना कर्मचारी लाई एक हजार भता र प्रत्येक कर्मचारी लाई ब्याग बितरण गरिएको छ ।

यसैगरी चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिहरुले आफनो सेबा सुबिधा बापतको रकम श्रेणि बिहीन कर्मचारीको नाम बाट निकालेर बुझेको खुल्न आएको छ । गत आर्थीक बर्षको कार्तिक देखि असाढ मसान्त सम्म जनप्रतिनिधिको सेबा सुबिधा बापतको रकम भन्दै श्रेणि बिहीन कर्मचारी अजय चौधरीको नाममा ३० लाख ६९ हजार र यमप्रसाद सापकोटाको नाममा ३१ लाख ४५ हजार ७ सय २५ रुपैया निकासा गराएर जनप्रतिनिधिहरुले बुझेको पाइएको छ ।

कोरोना भाईरसको संक्रमण बढेपछि सरकारले गत त्रैत्र ११ गते देखि देशभर लकडाउन गर्दाको चार महिनाको अबधिमा चन्द्रपुर नगरपालिकाका अधिकास कर्मचारी घर बिदामा बसेका थिए । तर उनीहरु सबैले कोरोना भाईरसको संक्रमण बिरुद्ध खटेको भन्दै नगरपालिकाका सबै कर्मचारी लाई जोखिम भता बितरण गरेको छ ।

सोही जोखिम भता समेत श्रेणी बिहीन कर्मचारी दामोदर काफ्लेको नाममा २२ लाख १२ हजार १ सय २४ निकासा गरेर लिएको खुल्न आएको छ । काफ्ले नगरपालिकाको सुपरभाईजर हुन । सापकोटा भने माली र चौधरी स्वच्छाकर्मी हुन । ती तीनै जना निम्नस्तरका अस्थायी कर्मचारी हुन । चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देलले असाढ महिनाको अन्तिम दिन भएकाले कर्मचारीको नाममा रकम निकासा लिएर जनप्रतिनिधिहरु लाई बितरण गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्