सञ्चारमाध्यमलाई जिम्मेवार बन्न चापाकोटका मेयरको आग्रह



अमृत अर्याल,स्याङ्जा ।

गत आईतवार सामान्य कुटपिटको घट्नालाई लिएर केही अनलाईन पोर्टलले चापाकोटका मेयर संलग्न भएको घट्नाको बिषयमा ध्यानाकर्षण गरिएको छ । चापाकोट नगरपालिकाका नगर प्रमुख शिबकुमार गिरीले वालिङ ९ का जितेन गुरुङ्लाई कुटपिट गरेको समाचार बाहिर आएपछि नगर प्रमुख गिरीले आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

सामान्य विवादलाई मेयरको संलग्नता भएको खबर बाहिर आएपछि आफुलाई दुःख लागेको गिरीले टेलिफोन मार्फत जानकारी दिनुभयो । म जनताको सेवक हुँ तर शासक होइन नगर प्रमुख गिरीले टेलिफोन मार्फत भन्नुभयो,“केही मिडियाले मेरो राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरियो ।” यो विषयमा मेरो गम्भिर ध्यानाकर्षण छ उहाँले भन्नुभयो ।

स्वतन्त्र मिडियाको भुमिका नखेली र सत्यतथ्य नबुझी पुर्वाग्रही रुपबाट दुई तिहाई सरकारको आडमा प्रेषित समाचार कत्तिको विश्वसनीय छ भन्ने प्रश्न आम नागरिकमा चासोको विषय उठेको गिरीले बताउनुभयो । कुटपिटको घट्नालाई लिएर प्रकाशित गरिएको समाचार झुटा, कपोकल्पीत र राजनीतिक पुर्वाह्ग्रहबाट सिर्जेको देखिन्छ गिरीले भन्नुभयो । घट्नाको सत्यतथ्य नबुझि तोडमोड गर्ने प्रचलनले मिडियाको विश्वस्नीयता माथी गम्भिर प्रश्न उठेको उहाँले बताउनुभयो । सो घट्नालाई लिएर केही नेकपाका नेताहरुले धम्काएको पनि गिरीको भनाई छ ।

यस्तो थियो आईतबार राती भएको घटना

आइतवार साँझ वालिङ नगरपालिका वाड नं ८ डुम्रिकोटमा वालिङ नगरपालिका वाड नं ९ वस्ने जितेन गुरुङ र चापाकोट नगरपालिकाका सवारी चालक विचको घटनाको सिसिटिभि फुटेज प्राप्त भएको छ । चापाकोट नगरपालिकाको ग १ झ ३३३ नंवरको गाडी मर्मतका लागि वालिङ स्थित डुम्रिकोटमा रहेको ग्यारेजमा गाडी मर्मत गरिरहेको अवस्थामा रहेका चालक सुनिल एस के लाई मोटरसाईकलमा आएका गुरुङले हातपात गरेको ग्यारेजमा राखिएको सिसिटिभि फुटेजमा प्रष्ट देखिएको छ ।

मादक पदार्थ समेत सेवन गरेका गुरुङले हातपात गरेपछि नगरपालिकाका कर्मचारीहरुवाट जवाफी कारवाही गरेको देखिएको छ । उक्त फुटेजको घटनामा नगर प्रमुख शिवकुमार गिरीको कुनै संलग्नता देखिएको छैन । घटना पश्चात नेकपा नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे सहितका मानिसहरुले घटनास्थलमा पुगेपछि विहान एकाएक नगर प्रमुखलाई आरोप लगाएर विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएको थियो ।

सामान्य घटनालाई लिएर सत्ताको दुरुपयोग गर्दै राजनीतिक रंग दिन खोजिएको र आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको भन्दै सत्य तथ्य छानविन गरी दोषी उपर कारवाहीको माग गर्दै गिरी प्रमुख जिल्ला अधिकारी गंगावहादुर क्षेत्री समक्ष पुगेको चापाकोट नगरपालिकाका प्रेस संयोजक विश्ववन्धु भट्टराईले जानकारी दिनुभयो । दुवै पक्षबाट प्रहरीमा उजुरी गएपनि दर्ता नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्