१२ दिनपछि बग्गीखाना सिल खुल्यो



न्युज अफ नेपाल, काठमाडौं ।
दुई जनामा कोरोना संक्रमण देखिएपछि सिल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा ‘बग्गीखाना’को सिल हटेको छ। झण्डै दुई हप्तापछि शनिबार महाशाखाको सिल हटेको हो ।  त्यसपछि महाशाखामा कार्यरत करिब ३ सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो।

सुरुमा संक्रमण देखिएका प्रहरीको कन्ट्र्याक्ट ट्रेसिङमा आएका प्रहरीको कोरोना परीक्षण गरिएको थियो। उनीहरु मध्ये १७ जनामा कोरोना देखिएको थियो। हाल उनीहरु उपचारको लागि अस्पतालमा छन्। १७ जनामध्ये दुई जना उपचारपछि फर्किसकेका छन्।

कोरोना पोजेटिभ भएकालाई अस्पतालमा राखेर बाँकीलाई ड्युटीमा खटाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्