नेपाल कोरिया अस्पतालका ३ नर्ससहित ४ जनामा कोरोना संक्रमण, ओपीडी सेवा बन्द



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिका ३ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कार्यरत नर्स सहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तत्कालका लागि अस्पताल प्रशासनले अस्पातालको आईसीयू, ओपीडी लगायत सेवा बन्द गर्ने निर्णय गरेको छ ।

अर्को निर्णय नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख तथा अस्पताल ब्यबस्थापन समिति अध्यक्ष मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा कार्यरत ३ जना महिला स्टाफ नर्स र एक जना सहयोगीमा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित चारै जनालाई अस्पतालमै आइसोलेसन गरेको जनाएको छ ।

अस्पतालका मेडिकल अफिसर लगायत कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।

पछिल्लो समय अस्पतालले संघीय सरकारबाट मान्यता प्राप्त गरी पीसीआर परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्