कपिलवस्तुका कोरोना संक्रमित पुरुषको मृत्यु



न्युज अफ नेपाल, बुटवल ।
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल, बटुवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

तीन दिनअघि अस्पतालमा भर्ना भएका ती पुरुषको आईसीयुमा राखेर उपचार भइरहेको थियो। ती पुरुषको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्