मनमैजु हत्याका मुख्य अभियुक्त पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको मनमैजुमा भएको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार नुवाकोटका लक्ष्मण तामाङको छुरा प्रहार गरी हत्या गरिएको थियो । तामाङको हत्याका मुख्य आङदोर्जे शेर्पालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई जनाबीच विवाद भएके थियो । उक्त विवादमा शेर्पाले तामाङमाथी छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते तामाङको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

घटनामा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्