युवाको गर्मी छल्ने गन्तव्य बन्दै मानिखेलको ‘सिम्बा फल’ (तस्बिरसहित)



न्युज अफ नेपाल, ललितपुर ।
पछिल्लो पटक ‘सिम्बा फल’ यहाँका युवा जमातको मुखमा झुण्डिने शब्द बनेको छ । सिम्बा फल अर्थात सिम्बा झरनामा हिजोआज युवाहरुको भिड झुम्मिने गर्छन् । चारैतिर हरियाली र मोहित रुपमा झरिरहने सिम्बा झरनालाई युवाहरुले गन्तव्य बनाएको छ । गर्मीबाट राहत पाउन पनि यो झरना पर्यटकीय गन्तव्य बनेको छ ।

यो झरना सात ओटा स्टेप हुँदै तल सम्म आइपुग्ने हुँदा जो कोहिलाई पनि यो झरनाले मोहित बनाउनुका साथै मनै आनन्दित बनाउँदछ ।
यो झरना निकै पुरानो भएता पनि भर्खरै मात्र चर्चामा आएको स्थानीवासी बुद्ध तामाङले जानकारी गराए। यो झरनाबाट चिसो र कन्चन पानि बग्ने भएकोले तामाङ भाषामा यसलाई सिम्बा भनिएको समेत बताए। सिम्बाको अर्थ हुन्छ, चिसो।

सिम्बा झरना ललितपुरको दक्षिणी भेगमा रहेको महाँकाल गाउँपालिका वडा नं १ बुखेलको खावा भन्ज्याङ र वडा नं.२ को रिंगिनखोलाको शिरमा अवस्थित छ । यहाँ शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो नै लाग्न थालेको छ ।
काठमाडौँबाट एक दिनमा नै पुगेर फर्कन सक्ने दुरीमा भएको कारण यो झरना हेर्न आज भोली भिड नै लाग्न थालेको छ।


कसरी पुग्ने सिम्बा फल ?
रिङरोड सातदोबाटो बाट चापागाउ लेले हुदै भारदेव चौघरे गोटिखेल हुदै मानिखेल (२ घण्टा मोटरसाइकलमा गाडीमा ३ घण्टा)
मानिखेल पुगेपछी रिगिन दोभान बाट हिडेर ४५ मिनेट मा झरना पुग्न सकिन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्