भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा राजदूत क्वात्राद्वारा शुभकामना व्यक्त (भिडिओसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालमा रहेका भारतीय नागरिक लगाएत नेपाल भारत सम्बन्धका हितैषीलाई शुभकामना व्यक्त गरेका छन् ।

यो महामारीले समस्त मानवका लागि केवल स्वास्थ्य जीवनमा प्रभाव पार्ने किसिमले मात्र नभइ आर्थिक रुपमा पनि ठूला ठूला संकटहरु खडा गर्दै आइरहेको क्वात्राले बताएका छन् । उनले दुवै देशका हितैषी र जनताहरु मिलेर यस महामारीको सामना गर्न सकिने कुरामा जोड दिएका छन् ।

क्वात्राले महामारी नियन्त्रणका लागि भारतर्ले १२३ भन्दा बढी मित्र राष्ट्रहरुलाई सहयोग गरेको बताएका छन् । यसमा नेपाल भारतबीचमा पनि महामारी नियन्त्रण कार्यमा सहकार्य भइरहेको उनले बताए ।

https://indianepalfriendship.com/

 

प्रतिक्रिया दिनुहोस्