रुसद्वारा निर्माण गरिएको कोरोना खोप बाँदरमा पनि प्रयोग नगर्ने अमेरीकाको भनाइ



वासिंगटन, मस्को (एजेन्सी) । 

रुसमा विकिसित कोरोना खोपले कोरोना भाइरसको महामारीले जकडिएको विश्वमा ठुलो आशाको सन्चार गरिरहेको भएपनि विश्वका प्रमुख राष्ट्रहरु यस प्रति उदासिन देखिएका छन् । अमेरिकाले रुसी खोपलाई ठट्टामा उडाउँदै यस प्रकारको खोपको परीक्षण बाँदरमा पनि नगर्ने, मानवमा गर्ने कुरा त धेरै टाढाको भएको बताएका छन् ।

अमेरिकामा रुसको खोप पुर्ण नभई अधुरो मानिएको र यसलाई कहिल्यै गम्भिरता पुर्वक नलिएको अधिकारीहरुले बताएका छन् ।
सीएनएनको एक समाचार अनुसार ह्वाइट हाउसको प्रेस सचिव कायले मेकेनीले विहिबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुसी खोपका बारेमा जानकारी दिइएको हो । अमेरिकी खोपले तेस्रो चरणको कठोर परीक्षण र उच्च मानक पार गर्नु पर्ने उनले बताए ।

खोपको सम्पुर्ण जानकारी अमेरिकालाई दिन रुस तयार

यसबीच रुसी अधिकारीहरुले रुसको कोरोना भाइरस खोपसँग सम्बन्धित सबै जानकारी अमेरिकासँग साझा गर्न तयार रहेको बताए ।
अमेरिकी औषधी कम्पनीहरु अमेरिका मै रुसी खोप बनाउनका लागि अनुमति दिन तयार रहेको पनि रुसले जनाएको छ । अमेरिकी औषधी कम्पनीहरुले रुसी खोपका बारेमा जान्न रुसी राखेको पनि रुसले दावी गरेको छ । यद्यपी ती फर्मको नाम भने खुलासा गरिएको छैन । अमेरिकी जनताको जिन्दगी बचाउनका लागि रुसी खोप हासिल गर्न गम्भिरता पुर्वक विचार गर्नु पर्ने एक रुसी अधिकारीले बताए ।

अमेरिकालाई निसाना बनाउँदै यदी हाम्रो खोप कोरोना भाइरस विरुद्ध प्रभावकारी सिद्ध हुन्छ भने अमेरिका यसको विकल्प हासिल गर्न गम्भिरता पुर्वक प्रयास किन गर्दैन, यो प्रश्न उठ्ने छ । खोप हासिल गर्नमा किन राजनिति हावी भयो ? – उनले प्रश्न राखे ।

राष्ट्रपति भ्लादिमिर पुटिनले अगस्ट ११ मा रुसले विश्वको पहिलो कोरोना भाइरस खोप बनाएको दावी गरेका थिए । यद्यपी अमेरिका र जर्मनी सहित कयौं देशले रुसको यस दावीमाथि प्रश्न उठाइरहेको छ ।

मस्कोको गेमेलिया रिसर्च सेन्टर फर एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक र रुसी स्वास्थ्य मन्त्रायलका अधिकारी अलेक्ज्यान्डर गिन्ट्सबर्गले रुसी खोपको असर एक बर्ष मात्र होइन, दुई बर्ष हुने जानकारी दिएको रुसी न्युज एजेन्सी तासले जनाएको छ ।
रुसको खोप सामान्य सामान्य चिसोमा हुने रुघाका कारक अडनोभाइरसमा आधारित छ । यो खोपलाई कृतिम तरिकाले बनाइएको हो । यसले कोरोना भाइरस सार्स कोव २ मा पाइने स्ट्रक्चरल प्रोटिनको नक्कल गर्छ ।

मस्कोको सेसेनोव युनिभर्सिटीमा जुन १८ देखि क्लिनिकल परीक्षण शुरु भएको थियो । ३८ जनमा गरिएको उक्त शोधमा खोप सुरक्षित पाइएको हो । सबै स्वयंसेवकमा भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता विकसित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्