एन्फा कास्कीद्वारा ५० जना खेलकर्मीलाई सहयोग



न्युज अफ नेपाल, कास्की ।

कास्की जिल्ला फुटबल संघ (एन्फा) ले संघसंग आवद्ध रहेका ५० जना खेलाडी, अफिसियल तथा कर्मचारीलाई आर्थिक सहयोग गरेको छ ।

विश्व कोरोना भाइरसको महामारीमा परिरहेको समयमा खेलाडी कर्मचारी तथा पदाधीकारीलाई हौसल प्रदानगर्ने उद्देश्यका साथ अखिल नेपाल फुटबल संघ ९एन्फा० को आर्थिक सहयोगमा फुटबलसंग आवद्ध रहेका ५०जनालाई सहयोग गरेको हो ।

एन्फा कास्की र लायन्स क्लब अफ पोखरा सेन्टेनियलको सहयोगमा एक व्यक्तिलाई दुई हजार ५ सयकादरले आर्थिक सहयोग गरिएको कास्की जिल्ला फुटबल संघका एन्फाका अध्यक्ष मिलन गुरुङले बताउनुभयो ।उहाँका अनुसार राहत प्राप्त गर्नेहरुमा ५ जना महिला खेलाडी, ७ जना अफिसियल र ३५ जना पुरुष खेलाडीतथा ३ जना पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारी रहेका छन।

आर्थिक सहयोग वितरण कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले कोरोनाकोविषम परिस्थितिमा समेत संघले आफ्ना खेलाडीलाई सम्झनुनै सह्रानिय कार्यरहेको बताउनु भयो। ‘संक्रमणफैलिएको अवस्थामा सबै क्षेत्र प्रभावित भएको छ विशेष गरी खेल क्षेत्र बढिनै प्रभावित भएको छ । यतिबेलाखेलकुदको गतिविधि ठप्प भएका छन् । खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् ’ खेलाडी मानसिकरुपमा तनावको अवस्थामा रहँदा संघले सम्मान योग्य काम गरेको उहाँको भनाई रहेको थियो।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले खेलाडी तथा पदाधिकारीलाई केहि समय पहिले नैसहयोग गर्नुपर्ने भएपनि नाम संकलनको कारणले ढिला भएको बताउनुभयो। एन्फाले मोफसलमा रहेकाफुटबल संघ मार्फत खेलाडी तथा पदाधिकारीलाई सहयोग गर्नु खेलाडीको लागि मात्र नभएर संघको लागिसमेत महत्वको विषय रहेको बताउदै संघमा रकम आए खेलाडीलाई थप सहयोग प्रदान गर्ने उनको भनाइ रहेकोथियो।

सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले खेलाडीको हौसला प्रदानगर्न संघले गरेको कार्यप्रतिआभार प्रकट गर्नुभयो । त्यस्तै लायन्स क्लब अफ सेन्टेनियलका अध्यक्ष प्रगत कायस्थले संघले गर्ने हरेकसामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मण योगी, जगत थापा लगायतलेखेलाडीलाई हौसला प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्