ट्रकभित्रै खाना बनाउँदा..



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा औद्योगिक क्षेत्रमा शुक्रबार विहान रोकिराखेको २ वटा ट्रकमा आगलागी भएको छ ।

औद्योगिक क्षेत्रभित्र भ्याली पेलेट दाना उद्योगअगाडि रोकिएका ट्रकहरुमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकको सिटमा ग्यासको सानो सिलिण्डर राखेर खाना बनाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

मकै लोड गरिएको ना. ५ ख ६५०३ र ना. ६ ख ७८२६ नम्बर ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औद्योगिक कार्यालयका कर्मचारी र भ्याली पेलेटका कर्मचारीले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट ७८२६ नम्बर ट्रक क्षतिग्रस्त भएको छ भने ६५०३ नम्बर ट्रकमा आंशिक क्षति पुगेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्