लुम्बिनी प्रादेशिक अस्पतालमा अब पौने घण्टामै कोरोना परीक्षण



यमलाल भुसाल, बुटवल ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा संचालनमा रहेको लुम्विनी प्रादेशिक अस्पतालले अब पौने घण्टामै पीसीआर परिक्षणको रिपोर्ट दिने भएको छ ।

अस्पतालको प्रयोगशालामा ४५ मिनेटमै पीसीआर परिक्षणको रिपोर्ट दिन सक्ने एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२ को ल्याव मेसिन जडान भएपछि कोरोना भाइरस संक्रमण भए÷नभएको थाहा पाउन अब धेरै दिन कुर्नुपर्ने बाध्यता बिस्तारै हट्ने भएको छ ।

प्रयोगशालामा जडान गरिएको नयाँ ल्याब मेसिनको शुक्रवार एक कार्यक्रमकाबीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गर्नु भयो ।

मन्त्री बरालले स्वावको नमुना दिएर लुम्विनी प्रादेशिक अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२ को ल्याव शुभारम्भ गर्नु भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री बरालले दिएको स्वाबको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री बरालले नयाँ ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने बताउदै पीसीआर परिक्षणको रिपोर्ट कयौदिन कुर्नुपर्ने वाध्यताको अन्त्य भएको बताउनु भयोे । उहाँले प्रदेश ५ मा कोरोना भाइरस लगायत सबैखाले परिक्षण सहज र छिटो छरितो हुने दाबी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्