धादिङ र ग्रामीण यातायातको अवैध धन्दा, स्थानीय प्रशासन मौन



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा स्थानीय प्रशासनले कडाई गरेपछि अहिले बाहिरबाट काठमाडौ आउनेहरु हिडेर प्रवेश गर्न थालेका छन । खास गरी धादिङबाट काठमाडौ आउनेहरुलाई धादिङ काठमाडौ रुटमा चल्ने बसहरुले फट्याई गर्न थालेका छन ।

धादिङ– काठमाडौ रुटमा चल्ने ग्रामीण यातायात र धादिङ यातायातले सदरमुकाय लगायतका क्षेत्रबाट यात्रुहरुलाई धादिङ–काठमाडौको सीमा क्षेत्र पीपलामोडमा ल्याएर यात्रुलाई ओराल्ने र उनीहरु हिडेर नागढुंगा पार गरेपछि महाशक्ती पेट्रोल पम्पबाट पुन काठमाडौ ल्याउने गरेको पाइएको छ । दुई यातायात कम्पनीका दैनिक ४० वटा भन्दा बढी बसले त्यसरी यात्रीलाई अबैध रुपमा काठमाडो छिराउने गरेका छन ।

प्रहरी प्रशासनलाई समेत गुमराहमा राखेर यातायात ब्यवसायीहरुले राजधानीमा कोरोना संक्रमण बढेपनि आफ्नो ब्यक्तिगत फाईदाको लागि अबैध रुपमा यात्रीलाई काठमाडौ पठाउने गरेका छन ।

दैनिक ५ सय भन्दा बढी मानिस अबैध रुपमा काठमाडौ प्रवेश गर्ने गरेका छन । प्रहरी प्रशासनले पनि हिडेर आएका ब्यक्तिलाई सामान्य सोधपुछ समेत नगरी छाड्ने गरेको छ ।

अबैध रुपमा धादिङका दुई यातायात ब्यवसायीले यात्री ल्याएको बिषयमा सम्पर्क राख्दा उनीहरुले अनभिज्ञता प्रकट गरे । हामीले कुनै पनि सार्वजनिक बसलाई नचलाउने भनेका छौ कसैले चलायो कि थाहा भएन ग्रामीण यातायात प्रालिको काउन्टरमा बसेका आफुलाई राम भण्डारी भन्ने ब्यक्तिले गैर जिम्मेवारी पूर्वक जवाफ दिए ।

काउन्टरले काठमाडौ सम्मको टिकट काटेर यात्रीहरुलाई काठमाडौ धादिङको सीमामा ल्याएर छाड्ने गरेको छ । राजधानीमा रहेका स्थानीय निकायका प्रमुखहरुको फोरमले समेत सरकारलाई राजधानी प्रवेशमा कडाई गरिदिन आग्रह गरेका थिए । काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बाहिरबाट आउने मानिसलाई नियन्त्रण नगर्ने हो भने राजधानीमा कोरोना संक्रमण भयावह हुने चेतावनी दिएका छन ।

हामीले आफैले पनि पटक पटक अनुगमन गरेका छौ तर सधै त्यहां बस्न संभव नभएकाले मानिसहरु सेटिङ गरेर राजधानी प्रवेश गर्ने गरेका छन ।

नागढुंगामा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारी समेत खटिएको भएपनि सेटिङमा अहिले त्यहांबाट उपत्याका बाहिरका मानिसहरु प्रवेश गर्ने गरेको पाइएको छ ।

यस बिषयमा महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीसंग सम्पर्क राख्दा उहांले अबैध रुपमा कसैलाई पनि नछिराएको दावी गरे । सडक मार्गबाट केही पनि नछिरेको दावी एसएसपी ज्ञवालीले दैनिक ५ सय भन्दा बढी यात्रीहरु राजधानी प्रवेश गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्