कोरोना संक्रमणका कारण फोहोर संकलनमा असुरक्षा, आफैँ व्यवस्थापन गर्न आग्रह



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण विभिन्न स्थानमा सिल गरिएपछि फोहोर व्यवस्थापनमा भएका समस्या प्रती सहयोग गर्न काठमाडौँ महानगरले आग्रह गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि सो क्षेत्रहरु सिल गरिएको छ । जसका कारण फोहोर व्यवस्थापन समिति समेत सिल गरिएको स्थानमा प्रवेश गर्न पाएको छैन । यस, समस्याका लागि नागरिक आफैले केही समयका लागि फोहोर व्यवस्थापन गरेर सहयोग गर्न महानगरले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्