काठमाडौँमा आज मात्रै थप ११९ जनामा कोरोना संक्रमण, संक्रमित भेटिएका सबै क्षेत्र सिल



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ उपत्यकामा आज मात्रै थप ११९ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार काठमाडौँका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ गरी उपत्यकामा ११९ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् । यससँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ को पीसीआर परीक्षण गरिएको थियो । हाल देशभरका क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेका छन् भने थप २४० कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

लकडाउन खुलेसँगै काठमाडौमा कोरोना संक्रमितकको संख्या ह्वात्तै बढेको छ । काठमाडौँको भीडभाड हुने मुख्य व्यापारीक क्षेत्री असन, न्यूरोड, महाबौद्ध समेत केही दिन यता बन्द गरिएको छ । यस्तै उपत्यकाको सबै भन्दा ठूलो तरकारी वितरण केन्द्र कालिमाटी लगाएत बल्खु तरकारी बजारका ४० जना तरकारी व्यापारीमा समेत कोरोना देखिएको छ । एकै साथ ठ्रलो संख्यामा कोरोना संक्रमित भेटिएपछि कालिमाटि देखि बल्खु क्षेत्रका विभिन्न स्थानहरु समेत सिल गरिएको छ ।

यस्तै, उपत्यकामा संक्रमित भेटिएका सबै ठाउँ चेक जाँच गरी सिल गर्ने कार्यमा प्रहरी लागी परेको छ ।

प्रतिक्रिया दिनुहोस्