शिव भगवान् बनेर झारफुक गर्छु भन्दै भाउजुमाथि बलात्कार



न्युज अफ नेपाल, सल्यान । 

झारफुक गर्ने बहानमा बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा बिहिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

गएको साउन २० गते राति बिरामी भाउजुलाई भगवती र आफु शिब भगवान बनेर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनु भयो । आँफु बिरामी भएको र देवरले आफुले फुकेपछि मात्र निको हुँने भन्दै एक्लै कोठामा बसाली रातको समयमा बलात्कार गरेको पिडितले बताइएको प्रहरीले जनाएको छ । शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डरत्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

पिडित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरी प्रमुख खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्