आज थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म ९९ संक्रमितको मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा थप २४० जना संक्रमित डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्