कालीमाटी-बल्खु क्षेत्रका ४० जना तरकारी व्यापारीमा कोरोना संक्रमण, विभिन्न स्थान सिल



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ ।

उक्त स्थानका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्र सिल गरेको हो । लकडाउन खुलेसँगै कालिमाटी तरकारी बजारमा र बल्खु तरकारी बजार क्षेत्रमा मानिसको घुइँचो बढेको थियो ।

यस्तै, वडा कार्यालयले समेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी र स्थानीय तहको समन्वयमा कोरोना जोखिम क्षेत्रको पहिचान गरी सिल गर्ने कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्