कचनकवल गाउँपालिकामा बजेट विवाद



न्युज अफ नेपाल, भद्रपुर ।

झापाको कचनकवल गाउँपालिकामा बजेटको विषयलाइ लिएर विबाद उत्कर्षमा पुगेको छ । सो पालिकाले बहुमतको तागत देखाएर बजेट पारित गरिसकेको असन्तुष्ट पक्षको दाबी छ ।

नेतृत्वले वडागत बजेट विनियोजनमा विभेद गरी वडालाई रकम न्यून बनाएको कचनकवलका ४ वडाध्यक्ष सहित १४ जना जनप्रतिनिधिले समस्या सार्वजनिक गरेका छन् । गाउँपालिका अध्यक्ष अन्जरा आलमले कार्यपालिका बैठक नै नराखी आफुखुसी बजेट छुट्याएर बहुमतको दम्भबाट वडाको अधिकार समेत खोस्दै लगेको असन्तुष्ट पक्षको आरोप छ । ०७७ जेठ १८ गते गाउँपालिकाले ६० लाखका दरले बजेट पठाउने भन्दै हरेक वडा कार्यालयलाई सोही अनुसार टोल विकास मार्फत योजना छनौट गर्न पत्राचार गरेको थियो । वडाबाट ६० लाखका योजना गाउँपालिकामा प्रस्तुत् गरिसकेपछि एकाएक १० लाख मात्र दिने परिषद बैठकमा पारित गरेको प्रति नेपाली काँङ्ग्रेस र नेकपा बाट विजयी जन प्रतिनिधिहरूले आपत्ति उठाएका हुन् । विहीबार देखि ५ दिने अल्टिमेटम दिँदै निर्णय सच्याउन ज्ञापन पत्र दिइसकेका छन् । गाउँपालिका, जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइसकेका छन् ।

गाउँपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि असार ३१ गते ५३ करोड ८९ लाख ६० हजार एक सय रुपैयाँको बजेट बहुतले पारित गरिसकेको छ । गाउँपालिकाको असार १० गतेबाट शुरु भएको गाउँसभा अन्त्य गर्दै परिषद सदस्यहरूको बहुमतले बजेट पारित गरेको थियो ।

५ दिन भित्र माग सम्बोधन नभए गाउँपालिकामा तालाबन्दी गर्नेदेखि वडाका काम समेत ठप्प पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको वडा नम्बर ६ का अध्यक्ष कुलबहादुर कार्कीले बताउँनुभयो । वहुमतको दम्भ देखाएर गाउँपालिका गोजीमा राखेर हिड्नेको विरुद्ध जनताले नछाड्ने कार्कीको भनाइ छ ।

कोरोना महामारीका कारण राज्यबाट आउने शसर्त अनुदान बापतको रकम नआएका कारण भनेजति बजेटको सिलिङ् छुट्टाउन नसकिएको पालिका उपाध्यक्ष निमसरी राजवंशीको भनाइ छ । बजेट सम्बन्धी आन्तरिक छलफल भइरहेको समयमा अन्य साथीहरुले आप्mना वाडमा सुनाउदै हिडेका कारण अहिले समस्या भएको उहाँले बताउँनुभयाने ।

७ वटा वडा रहेको कचनकवलमा दुइजना मानेनित सदस्य गरी ३८ जना रहेका छन् । ४ र ७ नम्वर वडाध्यक्ष सहित ८ जना नेपाली काँङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् भने तत्कालीन एमालेबाट २ र ६ नम्वर वडाध्यक्ष सहित ६ जना जनप्रतिनिधि निर्वाचित छन् भने बाँकी राप्रपाका रहेका छन् । काँङ्ग्रेस र नेकपा सम्बद्ध जनप्रतिनिधिले बहिष्कार गरे पनि राप्रपाको बहुमत भएका कारण गाउँ सभाले बजेट पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्