कोभिड रोक्न काभ्रेमा के गर्ने के नगर्ने ?

होटल रेष्टुरेन्टमा ‘टेक वे’



मोतीराम तिमल्सिना,काभ्रे
सरकारले साउन १५ गते देखि होटल, रेष्टुरेण्ट, सामुहिक भोज, पार्टी, सेमिनार तथा सामुहिक भेला हुने कार्यक्रममा रोक लगाउन गरेको निर्णयलाई जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रले जिल्लामा कार्यान्वयन गराउने निर्णय गरेको छ ।
विहिबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले होटल तथा रेष्टुरेन्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा (टेक वे) मात्र गर्न दिने गरी अन्य कार्यमा रोक लगाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले मानिसहरुको जमघट भेटघाट एवं नजिकिने कार्यबाट कोभिड १९ को संक्रमण बढ्दै गएका कारण अत्यावश्यक बाहेकका कुनै पनि वैठक, समिक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामुहिक कार्यहरु गर्न नदिने निर्णय गरेको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएकाले धार्मिक स्थलहरुमा हुने दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन हुन नदिने साथै चाडपर्वहरु मनाउँदा आ–आप्mनै घर भित्र रही जनस्वास्थका मापदण्डहरु पालना गरी आ–आप्mनो परिवार बीच मात्र मनाउन अनुरोध गरेको छ ।

फुटपाथ÷खुला स्थान र ठेला गाढा÷साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफुल, खाद्यान्न तथा लत्ता कपडा लगायतका खुद्रा व्यापार व्यवसाय एवं कवाडी संकलन जस्ता कार्य जथाभावी रुपमा संचालन गर्न नदिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले उद्योग, व्यापारिक तथा व्यवसायिक फर्म, डिपार्टमेन्ट स्टोर, बिक्री केन्द्र एवं पसलहरुले कोभिड १९ को संक्रमण फैलिन नदिने गरी वस्तु तथा सेवाको उत्पादन, प्रशोधन, ढुवानी तथा विक्री वितरण लगायतका कार्यहरु सुरक्षित तवरले नियमित रुपमा सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत गरेको “कोभिड १९ महामारीको समयमा उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड (प्रोटोकल)”प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा सो का लागि आवश्यक सहजिकरण गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्लाबाट जारी भएको सवारी पासको व्यवस्थालाई कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गते गते देखि लागु हुने गरी सवारी पास जारी गर्ने कार्य बन्द गरेको छ । धुलिखेल अस्पतालमा एक स्वास्थ्यकर्मी र अस्पताल नजिकैको होटल व्यवसायीलाई समेत कोभिड पोजेटिभ देखिएकोले अस्पताल वरीपरीको दुई मिटर क्षेत्रलाई कन्ट्याक ट्रेसिङको अवधि भर शिल गर्ने निर्णय भएको छ ।

अस्पतालले उक्त स्वास्थ्यकर्मीका कारण १ सय २० भन्दा धेरै स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्नु पर्ने भएकाले अस्पतालको ईमरजेन्सि सेवा बाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । जिल्लाबाट उपत्यका प्रवेश गर्ने साँगा नाका र नाला नाका हुँदै चल्ने अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधन पूर्ण रुपमा प्रवेश निषेध गर्ने, त्यसैगरी सिन्धुपाल्चोक जिल्लाबाट प्रवेश गर्ने दोलालघाट लगायत अन्य सहायक मार्ग र तराई तथा पूर्वी पहाडी जिल्लाबाट प्रवेश गर्ने पुर्वी नाका मंगलटारबाट यस जिल्लामा प्रवेश गर्ने अत्यावश्यक सेवा वाहेकका सवारी साधनहरु प्रवेशलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्