कालिकोट पहिरोमा परि एकै परिवारका ६ जनाको मृत्यु



कालीबहादुर मल्ल, कालिकोट ।

गएरातिको अविरल वर्षाका कारण महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर रजबहादुर विष्टका १३ वर्षीय छोरा पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ । सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको हो ।
बिहीबार राति साढे १२ बजे वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरेर ६ जनाको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्याम आलियाले बताउनु भएको छ ।
पहिरोका कारण ३५ घरधुरी रहेको नकु गाँउ उच्च जोखिममा रहेको स्थानीय चित्रसिंह गाउँलेले वताउनुभएको छ ।
यस्तै कालिकोटकै नरहरिनाथ गाउँपालि–३ धारीमा पहिरोले घर पुर्दा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्