कोरोना संक्रमितलाई अस्ट्रियामा पन्ध्र लाख जरिवाना



बाबा राजेश्वरी थापा ढकाल, अस्ट्रिया-

अस्ट्रियाको प्रदेश टिरोलमा बसोबास गरिरहेकी एक जर्मन नागरिकलाई त्यहांको अदालतले १० हजार ८ सय युरो जरिवाना तोकेको छ। गत अप्रिल महिनामा अस्ट्रियामा कोरोनाको महामारी बढेसंगै ती ५४ वर्षीय जर्मन महिला पनि संक्रमित भएकी थिइन्।

सुपरमार्केटमा किनमेल गर्न जानेक्रममा ती महिलालाई प्रहरीले उच्च सतर्कता अपनाई आफ्नो घरभित्र क्वारेन्टाइनमा बस्नको लागि चेतावनी समेत दिएको थियो तर उनले प्रहरी चेतावनीको बेवस्था गर्दै नियम उल्लंघन गर्दै आफु डेरा गरी बसेको ९ तल्ले घरको लिफ्टमा आफ्नो डेरामा जम्मा भएको जैविक फोहर मिल्काउन प्रयोग गरेकी थिइन भने भोलीपल्ट सार्वजनिक पार्कमा घाम ताप्ने देखि हातमा भएको घाउको उपचारका लागि ट्याक्सी चढेर अस्पताल पुगेकी थिइन ।

अदालतमा सुनावाई हुने क्रममा उनले भनिन, “ मैले यो सब काम गर्दा मास्कको प्रयोग गरेकी थिए।” तर सरकारी वकिलले यस मुद्दालाई फरक तरीकाले ब्याख्या गरेको उनले दावी गरिन् । सरकारी वकिलको दावी थियो “तपाईले कसैलाई रोग सार्नु भयो या भएन भन्दा पनि तपाई संक्रमित भएको अवस्थालाई नै बेवास्ता गर्नुभयो।”

यसको सजाय स्वरुप ती महिलालाई अदालतले १० हजार ८ सय युरो जरिवानाको फैसला गरेको छ । अस्ट्रिया सरकारले पहिलोपटक कोरोना संक्रमणलाई नियन्त्रणमा राखी लकडाउन खोली जनजीवन सामान्य बनाउन खोजिए पनि अहिले फेरि कोरोनाको संक्रमण दैनिक रूपमा बढ्दै गएको छ। अस्ट्रियामा बसोबास गर्ने सबै नेपाली भने सुरक्षित रहेको एनआरएनए अस्ट्रियाका अध्यक्ष विनोद चौलागाईंले बताए ।

अध्यक्ष चौलागाई भन्छन् “यो महामारीमा रोगले धनि या गरिब कसैलाई चिन्दैन त्यसैले भावनात्मक सम्बन्ध नजिक बनाउँदै सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था सबैलाई सचेत हुन आग्रह समेत गरेका छन् । यता अस्ट्रिया सरकारले कोभिड रोकथामको लागि उच्च सर्तकता र केहि नियमहरुमा परिवर्तन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्