एटलान्टासँग नतिजा खोसेर पीएसजी सेमिफाइनलमा



लिस्बन, (एजेन्सी)
लिस्बनमा भएको च्याम्पियन्स लिगअन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा सिरी एटलान्टालाई १–० को अग्रता थियो। इटाली सिरी ए टोली डेब्युमै प्रतियोगिताको सेमिफाइनल पुग्ने निकट थियो र उनीहरू खुसी मनाउन पनि तयार थिए। फ्रान्सेली शीर्ष टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध उनीहरूले ऐतिहासिक जित हात पार्ने कुरामा निकै नजिक थिए।
तर, अन्तिममा पीएसजीले पुनरागमन गर्दै सनसनी जित हात पारेर एटलान्टालाई पोर्चुगलबाटै घर पठाइदियो। तीन मिनेटमा दुई गोल गरेपछि पीएसजीले एटलान्टासँग नतिजा छिन्न सफल भएको थियो। फ्रान्सको लिग विजेता पीएसजीले २–१ ले खेल जित्दै २५ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
जितपछि प्लेयर अफ द म्याच घोषित नेयमारले भने– ‘हामीले हारको बारे सोचेका थिएनौं र प्रयास गर्न छाडेका पनि थिएनौं त्यसैकारण हामी सेमिफाइनल पुगेका छौं।’
तर, पीएसजीका मेनेजर थोमास टचेलले पनि प्रतियोगिताबाट बाहिरिने डर भएको बताएका थिए। उनले भने– ‘८८ मिनेटपछि पनि हामी १–० ले पछि पर्दा मैले बाहिरिने बारे सोचेको थिएँ। साँचो यो पनि थियो कि मलाई हामी गोल गर्न सक्दैनौँ भन्ने लागेको पनि थिएन। मैले मेरो सहायकलाई भनें कि यदि हामीले एक गोल ग¥यौँ भने हामीले जित्नेछौँ। हामी जितकै हकदार पनि थियौँ।’
निर्धारित समयको अन्तिम मिनेटमा मार्किन्होसले बराबरी गोल फर्काए भने इरिक मेक्सिम चौपो मोटिङले ५ मिनेट थपिएको इन्जुरी समयको तेस्रो मिनेटमा विजयी गोल गरेका थिए। नेयमारले डिबक्सको बायाँबाट सप्लाई गरेको बललाई सेन्ट्रल डिफेन्डर मार्किन्होसले नजिकैबाट ट्याप गर्दै गोल गरेका थिए। यो गोलले पीएसजीमा रक्त सञ्चार गरिदियो।
यसको १ सय ४९ सेकेन्डपछि भएको गोल पहिलो गोलकै पुनरावृत्ति थियो। क्लियन एमबाप्पेले बायाँबाट क्रस गरेको बललाई स्टोकका पँर्वफ्लप स्ट्राइकर इरिक मेक्सिमले नजिकबाटै गोल गरेका थिए। सो गोलसँगै मैदानभित्र र बेन्चमा भएका पीएसजीका खेलाडी र पदाधिकारीहरूको खुसियाली हेर्न लायकको थियो।
तर, एटलान्टाका खेलाडी र पदाधिकारीमा भने निराशा छाएको थियो। उनीहरूले अन्तिम समयमा पीएसजीलाई रोक्न नसक्दा क्वार्टरफाइनलबाटै बाहिरिनुपरेको थियो। उनीहरूका लागि मारियो पासालिचले २७औं मिनेटमा गोल गरेका थिए।
पीएसजीको जितमा स्टार खेलाडी एमबाप्पे र नेयमारको भँमिका महŒवपँर्ण बनेको थियो। नेयमारले पहिलो हाफमा पनि केही गोल गर्ने अवसर गुमाएका थिए। दोस्रो हाफमा भने एमबाप्पे बेन्चबाटै मैदानमा पसेका थिए। उनी खेल्ने वा नखेल्ने द्विविधामा थिए।
तर, खेलमा १–० ले पछि पर्दा एमबाप्पेलाई मैदानमा पठाइएको थियो। आधा घण्टा खेलेका उनले नतिजा पनि निकालिदिए। उनी आएपछि पीएसजीको खेलमा एट्याकिङ बढेको थियो। उनले क्लबको स्थापना भएको ५०औं वर्ष पुगेको अवसरमा टोलीलाई निराश बनाएनन्। यो पीएसजीको ११ युरोपियन कपको क्वार्टरफाइनलमा मात्र तेस्रो जित थियो। टोली १९९४–९५ सिजनपछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
नेयमारले गरे मेसीको कीर्तिमान बराबरी
नेयमारले एटलान्टाविरुद्ध सानदार खेल देखाउँदै एकै खेलमा धेरै ड्रिब्लिङ गर्ने बार्सिलोनाका लियोनेल मेसीको कीर्तिमानलाई भेटाएको छ। उनले १६ ड्रिब्लिङ गर्दै मेसीको कीर्तिमानलाई बराबरी गरेका छन्। मेसीले १२ वर्षअघि च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा १६ ड्रिब्लिङ गरेको कीर्तिमान रचेका थिए।
एटलान्टाविरुद्धको खेलमा नेयमारले १ सय १३ पटक बल टच गरेका थिए। उनले ४४ वटा पास उपलब्ध गर्दा २२ पास फरवार्डमा र बाँकी तेस्रो जोनमा गरेका थिए। प्लेयर अफ द म्याच घोषित भए पनि उनले ट्रफी विजयी गोल गरेका इरिक मेक्सिम चौपो मोटिङलाई दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्