वासिंगटन,(एजेन्सी)
विच्याटका मालिक टेन्सेन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विच्याट एप माथि प्रतिवन्ध लगाउने कुरालाई खेलाँची ठान्दै त्यसबाट विचयटको अमेरिकी अपरेसन मात्र प्रभावित हुने विचार प्रकट गरेका छन् । चीनको वेइसिन जस्तै विशाल मेसेजिंग प्लेटफर्म जस्तै रहेको कम्पनी विच्याटले ट्रम्पको निर्णयले आफुलाइै कुनै फरक नपर्ने विश्वास लिएको छ ।
तर यदि एप्पल कम्पनीको आइफोनलाई चिनिया मेसेजिंग एप डाउनलोड गने अनुमति नदिइएको खण्डमा भने चीनमा अवश्य पनि एप्पलको बिक्रिमा कमि आउने बताइएको छ । गत साता मात्र ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण जनाउादै अमेरिकी कम्पनीहरुलाई विच्याट र टिकटकसंगको कुनै पनि कारोवार ४५ दिन भित्र रोक्न अनुरोध गरेका थिए ।
टिकटक प्रतिवनिधत हुने प्रसंगले पनि यसका मालिक कम्पनी बाइटडान्स स्तब्ध हुन पुगेको थियो । विच्याट तथा यसको मूल कम्पनी तथा टिकटकको विवादको कारण अमेरिका र चीनको सम्बन्ध चिसिन पुगेको छ । ब्लुमवर्गले गरेको अनुमानअनुसार चिनिया बजारमा एप्पलले प्रतिवर्ष करिव ४४ अर्व अमेरिकी डलर वरावरका ेकारोवार गर्दै आएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकामा चिनियाँ कम्पनीहरुले विकास गरेका वा तिनीहरुको स्वामित्वमा रहेका मोवाइल एपहरुको प्रयोगको कारण राष्ट्रिय सुरक्षा , विदेश नीति र राष्ट्रिय अर्थतन्त्र खतरामा परेको बताउँदै आएका छन् ।