चीनमा खाना खेर नफाल्ने अभियान शुरु



बेइजिंग,( एजेन्सी)

चिनिया राष्ट्रपति सि जिन्पिंगले खानेकुरा खेर फाल्नु निकै दुखलाग्दो र चिन्ताजनक विषय भएको बताएपछि चीन सरकारले खानेकुरा खेर फाल्न निदन विभिन्न उपाय अपनाउने भएको छ । सिले कोभिड १९ महामारीले खाना खेर फाल्ने परम्पराको खतरा प्रति इँगित गरे लगत्तै ‘ क्लिन प्लेट क्याम्पेन ’ को अवधारणा अघि आएको हो ।

सिले चिनिया जनतालाई खादान्न अभाब र त्यसको सुरक्षाबारे सुशुचित गरिनु पर्ने धारण पनि व्यक्त गरेका थिए । दक्षिणी चीनमा हालै आएको भिषण बाढीले खेतवाली र लाखौ टन वरावरको उत्पादन नष्ट भएको कारणले पनि यो अभियान ल्याइएको हो । चीनको सरकारी समाचार निकाय ग्लोवल टाइम्सले कोरोना महामारीको कारण चीनमा खाद्यान्न अभाबको महशुस गर्न थालिएको जनाएको छ ।

यसै अभियान अन्तर्गत उहान क्याटरिंग इन्डष्ट्रि एसोसियसनले शहरका रेस्टुरेन्टहरुलाई खानआउने ग्राहकहरुका लागि कम पकिार तयार पार्न आदेश दिएको छ । यस प्रणाली अनुसार अब खाना खान आउनेहरुले पनि समुहको संख्या भन्दा एक परिकार कम अर्डर गर्नु पर्ने भएको छ ।

उदाहररणका लागि दसजनाको समुहमा आउने गहकले नौ परिकार मात्र अर्डर गर्न पाउने भएको छ । विगतमा चीनका रेस्टुरेनटहरुमा आवश्यक भन्दा बढि परिमाण र परिकार अर्डर गरी खाना छाडेर हिंड्नुलाइ शालिनता मानिने गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्