इजरायल र युएईबिच ऐतिहासिक सम्झौता



वासिंगटन,(एजेन्सी

इजरायल र संयुक्त अरव इमिरेटस ( युएइ ) बिच आपसी सम्बन्ध सामान्यिकरण गर्ने विषयमा सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

ट्रम्प , इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अवुधावीका युवराज मोहम्मद विन जायदद्वारा संयुक्त रुपमा जारी भएको विज्ञप्तिमा आफुहरुले मध्युपुर्वमा ऐतिहासिक शान्ति अघि बढ्ने आशा लिएको उल्लेख गरिएको छ ।

परिणाम स्वरुप इजरायलले अधिनस्थ पशिचम किनाराको ठूलो भाग कब्जा गर्ने आफ्नो योजना निलम्वन गर्न सक्छ । अहिले सम्म इजरायलको खाडी अरव मुलुकहरुसंग कुनै कुटनीतिक सम्बन्ध स्थापित भएको छैन ।

संभवत इरानको क्षेत्रिय प्रभाबको चिन्ताको कारण इजरायल र युएयबिच अनौपचारिक सम्बन्ध बढेको माएिको छ । सन् १९४८ मा इजरायलको स्वाधिनता घोषणा भए यता यो तेश्रो इजरायल–अरव शान्ति सम्झौता हो । यसअघि इजिप्टले १९७९ मा र जोर्डानले १९९४ मा इजरायलसंग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्