कोरोना संक्रमितको पीडा : ‘गाउँ नै सखाप बनाउने भइस् भन्छन्’



न्युज अफ नेपाल,हेटौंडा ।

कोभिड–१९ बाट संक्रमित, उनीहरुको परिवार, यसका कारण आर्थिकरुपमा कष्ट भोग्ने वर्गको हितमा काम गर्ने बेला हो यो । यदि मानिस भएर यस्तो बेला केही सेवा गर्न सकिएन भने दायित्व पूरा भएको नठहरिने भएकोले स्थानीय, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी दिनरात लागिपरेका छन् ।

प्रेम र सहानुभूति वा दया मानिसको आबश्यकता हो, बिलासिता हैन । किनकि, यी दुईबिना मानवता बाँच्न सक्दैन । तर, हेटौंडाका कोरोना संक्रमितले भने यस्तो बेला पनि आफूहरुलाई समाजले नकारात्मक दृष्टिले हेरेको भन्दै गुनासो गरेका छन् । कोरोनाको मुख्य औषधि भनेकै आफूले आफूलाई बुझाएर रोगसँग लड्ने क्षमता विकास गर्ने हो । तर, केही फोनका कारण आफूहरु तनावमा रहनुपरेको संक्रमितले गुनासो छ ।

कोभिड–१९ संक्रमित र उनीहरुका परिवारलाई अरु बेलाभन्दा यस्तो बेला धेरै सहयोग, सहानुभूति र मायाको खाँचो पर्छ । तर, यसको विपरीत समाजमा उनीहरुलाई हेर्ने दृष्टि नकारात्मक छ । उनीहरुलाई यसरी हेरिँदै छ कि मानौं उनीहरु आफैंले कोभिड–१९ संक्रमण खोजीखोजी ल्याएका हुन् ।

हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डमा रहेका संक्रमितलाई आफ्ना छरछिमेकबाट अपहेलित व्यबहार भएको गुनासो गरेका छन् । आइसोलेसनमा उपचाररत् एक संक्रमितले छरछिमेकबाट फोनमार्फत् आफूलाई ‘गाउँ नै सखाप बनाउने भइस्’ भन्ने जस्ता आरोप लगाउने गरेका कारण आफू तनावमा रहेको गुनासो पोखेका हुन् ।

‘हामीले संक्रमित हुने चाहना राखेका होइनौं, सजग हुँदाहँुदै संक्रमित हुन पुुग्यौं । यसमा हाम्रो के दोष,’ ती संक्रमितले भने–हामी संक्रमणको पिरले यसै त थला पारेका हुन्छौं, यसमा पनि छरछिमेक र समुदायले हेर्ने दृष्टि नकारात्मक भएपछि कसरी आत्मबल बलियो हुन्छ र ।
आइसोलेसनमा बस्दाभन्दा डिस्चार्ज भएपछि धेरै गाह्रो हुने उनीहरुको विचार छ ।

‘मलाई कहाँबाट स¥यो भन्नुभन्दा मैले कसकसलाई सारें भन्ने प्रश्नले पीडा हुन्छ होला । जानाजान कसैले पनि रोग सार्दै हिँडिदंैन । ‘कोरोना पोजिटिभ भन्नेबित्तिकै जिन्दगीभर निको नहुने रोग, बोल्दा पनि सर्छ जस्तो व्यबहार गर्छन् होला कि,’ उनीहरुले पीडा पोखे ।आफू आइसोलेसनमा रहँदा परिवारलाई गालीगौलज गरेकोले त्यस्तालाई कानुनी दायरामा ल्याउनुपर्ने संक्रमितहरु बताउँछन् ।

छरछिमेकबाट माया र दया पाउनुको सट्टा विभिन्न लाञ्छना लगाएर पारिवारिक तनाव सिर्जना गरेको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न संक्रमितले आइसोलेसनबाटै आवाज उठाएका छन् । हाल कर्रा आइसोलेसनमा ४९ जना संक्रमितको उपचार भइरहेको छ ।बिहीबार पाँचौ पटक आइसोलेसन पुग्नुभएका नेपाल तरुण दल हेटौंडा उपमहानगर नगर सभापति सुनिल गिरीले संक्रमितलाई भेदभाव नगर्न आग्रह गर्नुभयो । उहाँले संक्रमितलाई यस्तो अबस्थामा हौसला र प्रेरणाका भावना साटासाट गर्न आग्रह गर्नुभयो ।

आइसोलेसनमा रहेका संक्रमितसँग कुरा गर्दै गिरीले नआत्तिन आग्रह गर्दै मन दरिलो बनाउन अनुरोध गर्नुभयो । उहाँले संक्रमितलाई सकारात्मक कुरामात्र सुनाउन समुदाय र समाजलाई आग्रह गर्नुभयो । यस विषयमा उहाँले सम्बन्धित निकायबाट अनुगमनको खाँचो औंल्याउनुभयो ।

‘कोभिड–१९ का बिरामीप्रति गरिने यस्ता व्यबहार नकारात्मक छन् । उहाँले भन्नुभयो–धेरै अबस्थामा स्वभाविकभन्दा पनि बढी समाजलाई नै आतंकित हुने र कोभिड–१९ बाट संक्रमितलाई मानसिक दुःख दिने काम भएको छ । यो कुनै पनि हदमा मानवीय भन्न सकिँदैन ।
कोरोनाले भन्दा छिमेकी र शुभचिन्तक भनिएकाकै कारण त्रासले मान्छे मृत्यु हुने चिन्ता जनाउँदै उहाँले त्यसैले कोरोनालाई सहीरुपमा बुझ्ने र बुझाउने विधिको खाँचो औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्