आज सुनको मुल्य बढ्याे



काठमाडौँ । आज सुनको मुल्य ९७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २९५ मा कारोबार भइरहेको छ ।

सुन र चाँदीको मुल्य हिंजाे ह्वात्तै घटेर ९५ हजार ४ सयमा कारोबार भएकाे थियाे । हिंजाे एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेर ९५ हजार ४ सयमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको थियाे ।

प्रतिक्रिया दिनुहोस्