युनाइटेडका लागि सान्चोको विकल्प डेम्बेले



लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडको नजर जादोन सान्चोबाट हटेर अब बार्सिलोनाका औसमाने डेम्बेलेमाथि परेको छ। बोरुसिया डर्टमुन्डले १ सय मिलियन पाउन्डमा अगस्ट १० भित्र सान्चोबारे सम्झौता गरिसक्नुपर्ने डेडलाइन तोकेको थियो।
तर, युनाइटेडले रकम बढी भएको भन्दै सान्चोलाई अनुबन्ध गर्न अल्मल्याएको थियो। केही दिनअघि मात्रै पनि डर्टमुन्डका स्पोर्टिङ डाइरेक्टर माइकल जोर्कले सान्चो बुन्डेसलिगामै रहने बताएका थिए। वास्तवमा युनाइटेड र डर्टमुन्डबीच चर्को रकमकै कारण कुरा नमिलेको स्रोतले बताएको छ।
जोर्कले स्पष्ट पारेपछि युनाइटेडले पहिलो प्राथमिकतामा राखेको सान्चोलाई बिर्सनुपरेको छ। तर, इंग्लिस क्लबले उनको विकल्पमा डेम्बेलेलाई भिœयाउन लागेको बताएको छ। २३ वर्षीय डेम्बेलेको बार्सिलोनामा अनुबन्ध अवधि २ वर्ष बाँकी छ । चोटका कारण उनले नोभेम्बरदेखि खेलेका छैनन्। डेम्बेलेको तीन वर्ष काटालोनियामा चोटमै बितेको छ। बार्सिलोनाले उनको प्रस्तावलाई अम्मल गर्न सोचिरहेको छ।

प्रतिक्रिया दिनुहोस्