सांगीतिक डल्ली सार्वजनिक



गायकगायिका विवेक चौलागाईं र एलिना चौहानले गाएको डल्ली बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
डीएआर मुभिज युट्युब च्यानलबाट सार्वजनिक भएको डल्लीमा शब्द रचना र संगीत प्रभावन जेको रहेको छ भने भिडियो उनकै परिकल्पना र निर्देशनमा तयार भएको छ। यसको म्युजिक भिडियोमा विकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईंले अभिनय गरेका छन्। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको यसको भिडियो डिनसन शाहले सम्पादन गरेका छन्। जीवन बडुको एरेजमेन्ट रहेको गीतको म्युजिक भिडियो पर्यटकीय नगरी धुलिखेलको पात्लेखेतमा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्