फक्स न्युजमा प्रसारित खवर गलत !



दोहा,(एजेन्सी)

संयुक्त राज्य अमेरिका स्थित कतार दुतावास मार्फत फक्स न्युज डटकमले कतार विरुद्धको ऐजेन्डा बोकेका दुईजना व्यक्तिले कतारलाई थुप्रै आरोप लगाएर लेखेको तथा राम्ररी श्रोत नखुलेको लेख प्रकासित गरेको जानकारी गरिएको छ । ‘ फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिज ’ ( एफडिडि ) का बेन्जामिन वेनथलले यसअघि पनि भ्रामक दावीहरु ग्रिसकेका छन् ।

उनको लक्ष अल उदेइद वायु सैनिक अखडामा अमेरिकी सेना राख्ने कतारको कदमलाई होच्याउनु र यसलाई अन्यत्र कतै राख्न लगाउनु रहेको छ । एसोसियटेड प्रेसले एफडिडिले संयुक्त अरव इमिरेटसको निर्देशनमा यस्ता भ्रमपूर्ण लेख र कतार विरुद्धका कार्यहरु गर्दै आएको जनाइसकेकोले पनि यो कुनै आश्चर्यका विषय भएको छैन ।

उनको अनुसन्धानमा कतारले दशकौंदेखि उग्रवाद र आतंकलाई र्आिर्थक श्रोत जुटाउने कार्य विरुद्ध अग्र स्थानमा रहेर काम गरेको कुरालाई ओझेलमा पारिएको छ । यस्ता व्यक्तिहरुलाई लेख रचना प्रकासन गर्न मौका दिनु फक्स न्युजको मापदण्डभन्दा तलको विषय भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्