‘दि रक’ पुन: सबैभन्दा महँगो कलाकार



लसएन्जेल्स,(एजेन्सी)

अमेरिकाको हलिवुडका चर्चित अभिनेता ड्वेन जोहन्सन उर्फ ‘दि रक’ लगातार दोश्रो वर्ष पनि सबैभन्दा महँगो कलाकार बन्न सफल भएके सम्पत्ति विवरण सम्बन्धी पत्रिका फोर्बेसले जनाएको छ । पुर्व रेसलर उनले १ जुन २०१९ देखि १ जुन २०२० बिच ८ करोड ७५ लाख अमेरिकी डलर कमाएका छन् साथै सोहि अवधि भित्र उनले नेटफ्लिक्स थ्रिलर रेड नोटिसबाट २ कराडे ३५ लाख डलर कमाउन सफल भएका छन् ।

यसैगरी उनले आफ्नो फिटनेस क्लोथिंग लाइन अर्थात प्रोजेक्ट रकबाट पनि मनग्गे पैसा कमाएका छन् । फोर्बेसका अनुसार धेरै पैसा कमाउने दस कलाकारको कूल कमाई यसवर्ष ५४ करोड ५५ लाख डलर पुगेको छ । जोहन्सनको रेड नोटिसका सह कलाकार ¥यान रेनोल्ड्स सबैभन्दा बढि पारिश्रमिक पाउने दोश्रो व्यक्ति भएक छन् । उनले यसवर्ष ७ करोड १५ लाख डलर कमाउन सफल भएका छन् ।

उनले रेड नोटिसबाट २ करोड र अर्को नेटफ्लिक्स फिल्म सिक्स अन्डरग्राउन्डबाट २ करोड डलर कमाएका छन् । त्यसैगरी वार्षिक ५ करोड ८० लाख डलर कमाएर अभिनेता तथा निर्माता मार्क वाल्वर्ग वरियताको तेश्रो स्थानमा परेका छन् ।

उक्त टपटेन सुचिमा पर्ने एकमात्र वलिवुड कलाकार अक्षय कुमार रहेका छन् । छैठौं स्थानमा रहेका अक्षयको कूल आम्दानी ४ करोड ८५ लाख डलर रहेको छ । यस सुचिभित्र अन्य कलाकार लिन –म्यानुयल मिरन्डा , विल स्मिथ , एडम स्यान्डलर र ज्याकी च्याँग पनि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्