करातेको प्रशिक्षण रोकियो



काठमाडौं, (नेस)
कोरोनाभाइरसको संक्रमण केही दिनयता ह्वात्तैबढेकाले करातेकोप्रशिक्षण रोकिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ। करातेका प्रशिक्षक दीपक श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै प्रशिक्षण रोकिएको जानकारी गराएका हुन्। विज्ञप्तिका अनुसार प्रशिक्षण एक साताका लागि रोकिएको छ।
केही समय खेलक्षेत्र मात्र नभई सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशनलाई समेत पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिक तयारीमा रहेका कराते खेलाडीहरूको प्रशिक्षण बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्