ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने



काठमाडौं, (नेस)
ज्योति विकास बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रसँग न्यानो नानी (बेबी वार्मर) सम्बन्धी परियोजनालाई सहयोग गर्ने भएको छ ।
उक्त परियोजनालाई सहयोग गर्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र केन्द्रका अध्यक्ष डा. महावीर पुनबीच सम्झौता भएको छ । सो परियोजनामा निर्माण गरिने १० वटा बेबी वार्मरका लागि बैंकले ८ लाख रुपियाँ सहयोग गर्ने भएको छ । बैंकले हाम्रो विकास प्रवद्र्धन कोषमार्फत सो सहयोग गर्न लागेको जनाएको छ ।
फोटो

 

प्रतिक्रिया दिनुहोस्