अनामनगरमा करणको स्यानिटाइजर बुथ



पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मूल्यांकन गर्दै फिल्म व्यवसायी करण श्रेष्ठले अनामनगरको सिंहदरबार पूर्वीगेट अगाडिस्यानिटाइजरको व्यवस्था गरेका छन्।
फिल्म वितरक, कलाकार तथा जागौं युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा पूर्वीगेट अगाडि स्यानिटाइजर बुथ रखिएको हो। लोकप्रिय अभिनेता तथा निर्माता दीपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजु, जागौं युवा अभियानका अध्यक्ष करण श्रेष्ठ, चलचित्र पत्रकार संघका महासचिव समीर बलामी, पत्रकार विनोद चौलागाईंले बुथको शुभारम्भ गरे।
यससँगै अनामनगर आसपास आवत–जावत गर्ने बटुवाले उक्त बुथबाट हात स्यानिटाइज गर्न सक्नेछन्। अनामनगरको प्राकृतिक वातावरणका लागि वृक्षरोपण गर्दै आएको जागौं युवा अभियानले यसअघि त्यहाँका बटेुवालाई मास्क वितरण गर्दै आएको थियो भने कोरोना भाइरसको जोखिम बढेसँगै जनचेतना फैल्याउन सक्रियरूपमा कार्य गरिरहेको छ। करण उक्त समूहका अध्यक्ष पनि हुन्। उनले आफू रहने ठाउँहरूमा सबैले यस्तै किसिमको व्यवस्था गर्न आग्रह पनि गरे। ‘हामीले आफ्नो निवास, कार्यस्थल र टोल–टोलमा यस्ता स्यानिटाइजर बुथको स्थापना गर्न सक्यौं भने पनि जोखिमलाई केही न्यूनीकरण गर्न सक्छौं।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्