कोरोनाको निहुँमा सिंगापुरका बिद्याथीर्मा कुटपिट



लन्डन ,(एजेन्सी)

वेलायतका एकजना १५ बर्षीय किशोरले आफुले ‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै सिंगापुरबाट पढ्न आएका एक विद्यार्थी माथि साँघातिक हमला गरेको स्विकारेका छन् । गत २४ फेब्रुअरीमा टोटेनह्याम कोर्ट रोड ट्युव स्टेसन नजिकको अक्सफोर्ड स्ट्रिटमा २३ वर्षिय जानाथन मोक नराम्ररी पिटएका थिए ।

कानुनी हिसाबाले नाम गोप्यै राखिएका ति किशोरलाई हाइवरी कोर्नर मजिस्ट्रेट कोर्टमा बिना कारण अरुलाई शारिरीक चोट पुग्ने गरी आक्रमण गरेको अभियोगमा दोषि करार गरिएको छ । आगामी महिना उनलाई यहि अदालतले संजाय सुनाउने भएको छ । स्थानिय समय अनुसार बेलुका ९ बजेतिर अक्सफोर्ड स्ट्रिटमा युसिएलका बिद्यार्थी मोक माथि आक्रमण गरिँदा ति किशोरको साथमा उनको केहि साथी पनि रहेको सरकारी वकिल बिटा मर्फीले बताएकीछन् ।

साथीहरुसंथ कोरोना भारुसबारे कुरा गदै जाँदा आफ्ने सुरमा सरासर हिडिरहेका मोक माथि ‘ किन हेर्छसु , हँ ? ’ भन्दै त्यसै निहुा खोजेर उनले मोकलाई मुखमा मुकका बर्साएका थिए । धन्न अन्य बटुवाहरुले रोकेपछि मोक थप मर खानबाट जोगिएका थिए ।

सो आक्रमणमा आफ्ने नक र चिउँडोको हड्डी भाच्न पुगेका मोकले आफुलाई जातिय पूर्वाग्रह राखेर अनाहकमा शारिरीक हमला भएको बताएका छन् । मर्फीले मुद्धाको सुनुवाइको क्रममा ति किशोर नबालीकन बसेको र सिसिटिभीको फुटेज देखाइन लाग्दा बल्ल , ‘ मैले उनलाई पिटेको पनि तिमीहरुले हेर्न पाउँदैनौ ’ भनेर चिच्याएको बताएकीछन् ।

प्रतिक्रिया दिनुहोस्