भगवतीजात्रामा स्थानीय विदा परम्परा धान्ने गरी जात्रामा यस बर्ष क्षमा पुजा मात्रै हुने



कविराज नेपाल,पाल्पा ।

ऐतिहासिक नेपाल अंगे्रज युद्धमा जितगढीको युद्धमा विजय भएसँगै थालिएको पाल्पा जिल्लाको ऐतिहासिक एवम सास्कृतिक जात्रा श्री ७ भगवति जात्राको अवसरमा यहाको स्थानीय सरकार तानसेन नगरपालिकाले वुधवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।नगर पालिकाका प्रमुख अशोक कुमार शाहीले एक विज्ञप्ती जारी गरि धार्मिक ऐतिहासिक र सार्वजनिक महत्वको जात्रामा नगर पालिकाले सार्वजनिक विदा दिएको वताउनु भएको छ ।

विज्ञप्तीमा प्रदेश पाँचको विदाको सूची अनुसार तानसेन नगपालिका अन्र्तगतका निकाय र कार्यालयहरुमा वुधवार सार्वजनिक विदा दिइने उल्लेख छ । यसैवीच अंग्रेजसंगको युद्धमा नेपाली फौज बिजयी भएको दिनको सम्झनामा पाल्पाको तानसेनमा वुधावर मनाइने श्रीरणउजिरेश्वरी भगवती जात्रामा यस बर्ष क्षमा पुजा मात्रै हुने भएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण बुधबार परेको यस बर्षको जात्रालाई औषचारिकता मात्रै दिईने भगवती गुठी ब्यवस्थापन समितिले जनाएको छ । श्रीकृष्ण जन्माष्टमी भोली पल्ट मनाइने भगवती जात्राको अघिल्लो दिन हुने जाग्राम लाई समेत सीमित गरिएको छ । सरकारले जारी गरेको निर्देशनलाई आत्मसात गर्दे नेपाली सेना, गुठीयार, समिति, सरकारी प्रतिनिधीले पुजा गरेपछि रथलाइ मन्दिर परिषरभित्र मात्रै घुमाएर जात्रा विसर्जन गरिने भएको हो ।

२ सय २ औं भगवतीजात्राका रुपमा मनाउन लागिएको बिजयोत्सवमा यस वर्ष बलि समेत नचढाईने भएको छ । यस अघि जात्राको अघिल्लो दिन रातभरी जाग्राम बसेर भगवतीको महिमा गाउँने र भोलिपल्ट बिहानै देखि पूजा पाठ गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दे रथलाई बजार परिक्रमा गराउने चलन थियो ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलि पल्ट मनाउन शुरु गरेको जात्रा हरेक बर्ष मनाइदै आइएको हो । अंग्रेजफौज संग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले बिजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने भाकल गरेको र बिजय पश्चात जात्रा मनाउन सुरु भएको ईतिहासमा उल्लेख छ ।

त्यसैको संझनामा विक्रम सम्वद १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठि ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले दिनुभयो । नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको ईतिहास बोकेको श्रीरणउजीरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्बको मान्यता दिनुपर्ने स्थानियको माग रहेको छ ।

जात्राको दिन बुधबार तानसेन नगरभित्र सार्वज सरकारको निर्णय मान्दै भिडभाड नगरी धार्मिक विधि पूरा गर्ने र सांकेतिक रूपमा मात्रै जात्रा–पर्व मनाउने गरि यहा भएको सम्वन्धित पक्षको वैठक अनुसार यहाको विशिष्ट जात्रा भगवति जात्राको तयारी थालिएको रणउज्जेश्वरी भगवति मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राजेश्वर उदयले वताउनु भयो ।

पहिले साामान्य अवस्थामा विशिष्ट व्यक्तिको उपस्थितिमा मन्दिर परिसरबाट निकालेर सिन्दूर जात्रा गर्दै शहरका विभिन्न टोलमा घुमाइने परम्परा रहेको भगवतिको रथ यस वर्ष मन्दिर परिसरमा मात्रै घुमाएर औपचारिकता पुरा गर्दै सांस्कृतिक तथा धार्मिक महत्व दशाउने योजना रहेको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्