पन्ध्र बर्षअघि नै बुवाको मृत्यु भईसकेकी छोरीहरुले पनि पैतृक सम्पत्ति पाउने सर्वोच्चको फैसला



एजेन्सी ।

भारतको सर्वोच्च अदालतले एक महत्वपूर्ण बिषयमा फैसला गर्दै छोरा र छोरीबीच पैतृक सम्पत्तिमा बराबर अधिकार हुने बताएको छ ।
१५ बर्ष अघि नै पिताको मृत्यु भईसकेकी छोरीहरुको पनि सम्पत्तिमा समान हक हुने फैसला गरेको हो ।

भारतीय सर्वोच्च अदालतका ३ न्यायाधीस सम्मिलित इजलासले संसोधित कानुन (सन् २००५)लागू हुनुपूर्व नै पिताको मृत्यु भईसकेको भएपनि सम्पत्तिमा छोरीको अधिकार रहने फैसला गरेको हो ।

सर्वोच्चले फैसलाको पूर्णपाठ जारी गर्दै ९ सेप्टेम्बर सन् २००५ अघि नै पिताको मृत्यु भईसकेको भएपनि सम्पत्तिमा छोरासरह  अधिकार रहने उल्लेख गरेको छ । उक्त फैसलासंगै अब छोरीले आफै तथा छोरीबाट जन्मेका सन्तानले समेत मावली पैतृक सम्पत्तिको दावी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्