एप्पलका सिईओ कूक अर्वपति क्लबमा



न्युयोर्क , एजेनसी ।

एप्पल कम्पनीका कार्यकारी प्रमुख टिम कूक अर्वपतिको क्लबमा प्रवेश गरेका छन् । उक्त प्राविधिक कम्पनीको सेयरको मुल्य अकाशिएपछि कूकलाई यो सफलता प्राप्त भएको हो ।

एप्पलमा कूकको आफ्नै प्रत्यक्ष ८ लाख ४७ हजार ९ सय ६९ कित्ता सेयर रहेको छ । उनले तलव वापत मात्र गत वर्ष १२ करोड ५० लाख अमेरिकी डलर हात पारेका थिए । यसैगरी गत साता फेसबुकका संस्थापक मार्क जुकर्वर्गको निजी कूल सम्पति १ सय अर्व डलर पुगेको थियो ।

केरोना भाइरस महामारीका बेला विश्वका धेरै भन्दा धेरै मानिसले अनलाइन प्रयोग गर्न थालेपछि एप्पल , फेसबुक र एमेजोन जस्ता प्रबिधि कम्पनीहरुको खुद नाफा ह्वात्तै बढेको हो ।

अमेरिकाको सिलिकन भ्यालीस्थित एप्पल कम्पनीको सम्पत्ति पहिलो पटक सबैभन्दा यत धेरै अर्थात् २ खर्व डलर पुगेको छ । दुई वर्ष अघि पनि यो कम्पनीको मूल्य १ खर्व डलर पुग्ने पहिलो प्रविधि कम्पनी बन्न सफल भएको थियो ।

  • नौ वर्ष अघि कूकले एप्पलका संस्थापक स्टिभ जब्सको स्थान लिएका थिए । सन् २०१५ मा उनले आफ्नो अधिकांस सम्पत्ति दान दिने बताएका थिए । उनले लाखौं डलर वरावरको एप्पलको सेयर दान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्