करातेको प्रशिक्षण रोकियो



न्युज अफ नेपाल, काठमाडौं ।
विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा रोकिएको कराँते प्रशिक्षण असार दोस्रो सातादेखि सुरु भएपनि फेरी रोकिएको छ ।

पछिल्लो दिनमा काठमाडौं उपत्यका लगायत मुलुकभर कोभिड–१९ संक्रमितको संख्या बढेको भन्दै अभ्यास रोकिएको कराते प्रशिक्षक दीपक श्रेष्ठले बताउनुभयो।

टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका खेलाडीहरुले यस बीचमा अभ्यास सुरु गरिरहेका थिए । परिस्थिती सामान्य भएपछि मात्रै पुन अभ्यास सुरु हुने प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्