विदीर्ण आर्थिक क्षेत्र



कोरोना भाइरसका कारण अहिले आम उद्योगी, व्यवसायीहरुले तेस्याउ“दै आएको मुख्य प्रश्न हो– मुलुकको अर्थतन्त्र बचाउन सरकारसंग के योजना छ ? लकडाउनको अन्त्यसंंगै विस्तारै आर्थिक क्रियाकलाप शुरु गर्न खोजेको पनि विभिन्न अवरोधहरु सामना गर्न बाध्य आम उद्योगी, व्यवसायीहरुको सो प्रश्न साझा प्रश्नजस्तै भएको छ ।अहिले कोरोनाले विभिन्न क्षेत्रमा दूरगामी असर पारेको छ ।कोरोना संकटले चालू आर्थिक वर्षमा अनेक समस्या देखिने पक्कापक्की छ । उद्योग र पर्यटन क्षेत्रमा लाखौंको अनौपचारिक रोजगारी गुमेका छ । यो भनेको निकै ठूलो संकट हो । बाहिरबाट कच्चा पदार्थ ल्याउन धेरै गाह्रो छ । यहा“का उत्पादन बजारसम्म पु¥याउन पनि समस्या छ । यो समस्यास“गै बजारमा सामानको मागसमेत कम छ । उद्योग नचलेपछि ६० देखि ७० प्रतिशत रोजगारी कटौती भएको विभिन्न तथ्यांकले देखाएको छ ।
समस्या नेपालमा मात्र होइन, अहिले विश्व कोरोना भाइरस (कोभिड–१९) को महामारीमा छ । भाइरसका कारण विश्वभर करिब ६ लाख मानिसले अकालमा ज्यान गुमाइसकेका छन् । विश्वव्यापी रूपमा यो फैलिने क्रम बढ्दो छ । लकडाउन अन्त्य भएस“गै नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । लामो समयको लकडाउन अन्त्य हु“दा बजारमा चहलपहल बढ्दै गएको थियो भने विस्तारै आर्थिक क्रियाकलाप पनि सुचारु हु“दैथियो, तर विभिन्न क्षेत्रबाट लापर्बाही कायम रहंदा पुनः बन्दाबन्दीमा प्रवेश गर्ने अवस्था आएको छ । कोरोनाले थला पारेको अर्थतन्त्रलाई कसरी उकास्ने– प्रश्न ज्यू“कात्यू“ छ ।कोरोना महामारीले गर्दा विश्वका विभिन्न देशबाट आउने पर्यटकहरु अब केही वर्षसम्म आउनेछैनन् । पर्यटन क्षेत्रले गति पाउने अपेक्षास“गै बितेका पा“च वर्षमा नेपाली पर्यटन उद्योगमा अभूतपूर्व लगानी भएको छ ।अर्बौं लगानीका होटल सहितका पूर्वाधार निर्माण भए पनि कोरोनाका कारण व्यवसाय संकटमा धकेलिएको छ । कोरोनाका कारण देशभित्रको आन्तरिक पर्यटन, आवागमन, सभा सम्मेलन, खेलकुदजस्ता गतिविधि पनि रोकिएका छन् । यसका कारण, होटल तथा रेस्टुरा“को व्यवसाय मात्र खस्किएको छैन, ग्रामीण भेगका होमस्टेसमेत थलिएका छन् ।कोरोनाका कारण मध्यपूर्व र खाडी मुलुकबाट रोजगारी गुमाएर घर फर्केका युवाहरूलाई रोजगारी सिर्जना गर्ने कार्यमा चुनौती थपिदिएको छ । यसै त रोजगारीका अवसर कम भएको हाम्रो मुलुकमा कोरोनाले नया“ रोजगारी सिर्जना गरी अहिलेको बेरोजगारी समस्या हल गर्न सहज छैन । औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूले एकैपटक रोजगारी गुमाउ“दा आर्थिक संकट झेलिरहेका छन् ।
कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएस“गै सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ । युवा जनसंख्या बढी भएको नेपालमा युवालाई उत्पादनशील क्षेत्रमा कसरी लगाउने भन्ने प्रश्न झन् टड्कारो रुपमा उठेको छ । तसर्थ, कोरोनाबाट प्रभावित अर्थतन्त्र पहिलेको अवस्थामा फर्काउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आर्थिक नीति एवं रणनीतिहरू तर्जुमा गर्न ढिलाइ गर्नु हु“दैन । तर सुरक्षाका विधि अपनाएर सेवाग्राहीको सेवामा समर्पित हुनुपर्ने कर्मचारी दुला पसेको देख्दा आश्चर्यको अनुभूति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्