सरकार विरोधी प्रदर्शनपछि प्रधानमन्त्रीले दिए राजीनामा



न्युज अफ नेपाल, काठमाडौं ।
पछिल्लो दिनमा सरकार विरोधी प्रदर्शन बढेपछि लेबनानका प्रधानमन्त्री हसन डिएबले राजीनामा गर्नु भएको छ । गत मंगलबार बेरुतमा भएको विष्फोटपछि सरकार विरोधी प्रदर्शन भईरहेको छ । उहाँले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो राजीनामा घोषणा गर्नु भएको हो।

हसनको सरकारमाथि लापरबाही र भ्रष्टाचारको आरोप लागेको छ । सोमबार लगातार तेस्रो दिन प्रदर्शनकारीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । बेरुतको बन्दरगाहमा असुरक्षित तरिकाले राखिएको दुई हजार ७५० टन एमोनियम नाइट्रेट विष्फोट भएको थियो । यो विष्फोटमा परी दुई सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो भने चार हजारभन्दा धेरै मानिस घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्